nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विदेश गएका श्रीमानको पत्नी भगाउनेलाई ५ लाख जरिवाना !

पाँचथरको प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि लागू भएकै छ ।

वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्नुपर्ने नियम बनाएका हुन् ।

अर्काकी श्रीमती भगाएर लिनेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । यो नियम बनाएपछि विदेशिएका श्रीमान श्रीमती बीचको दरार कम हुने आँकलन गरिएको छ । सो रकम पीडित श्रीमानका लागि राहत हुने स्थानीयले अपेक्षा लिएका छन् ।

यद्यपी, पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दा मध्ये ९ वटा भने श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

स्रोतः खबरहब