Monday, 21st September, 2026
वि.स.

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

v-1608962281.jpg

 वरिष्ठ भलिबल प्रशिक्षक सुदेशकुमार रिमालको निधन भएको छ ।

नशासम्बन्धी रोगबाट पीडित रिमालको ५६ वर्षको उमेरमा उपचारका क्रममा  बाँसबारीमा रहेको न्यूरो अस्पतालमा निधन भएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशकसमेत रहेका उनी राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबको समेत प्रशिक्षक रहेका थिए । सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि रिमालले सातवटै प्रदेशमा भलिबल एकेडेमी स्थापनाको माग राख्दै आएका थिए ।

रिमालले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकुदमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन् २०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनसिपमा महिला टोलीको मुख्य प्रशिक्षक रहेका उनले ऐतिहासिक रजत पदक दिलाएका थिए ।रासस



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif