nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लालीमा युवाक्लबलाई इन्द्रसरोवरको दीपावली कप फुटबलको उपाधि

Football-1572082492.jpg

मकवानपुर इन्द्रसरोवर गाउँपालिकामा संचालन भएको दीपावली कप फुटबल प्रतियोगिताको उपाधि आयोजक नव लालीमा युवाक्लब फाखेल पुरण्डीले हात पारेको छ । इन्द्रसरोवर गाउँपालिका ४ फाखेलमा भएको प्रतियोगितामा उपाधि भिडन्तको खेलमा नव लालीमाले चन्द्रगिरी युवा क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । 

प्रतियोगितामा लालीगुराँस युवा क्लव तेस्रो भएको छ । प्रथम, द्धितीय र तृतीय हुने टिमलाई शिल्ड, मेडल र प्रमाण प्रदान गरिएको छ । प्रतियोगितामा नव लालीमा युवा क्लवका वेस्ट किपर कुन्दुङ लामा, चन्द्रगिरी युवा क्लबका वेस्ट खेलाडी सञ्जीव लामा, नव लालिमा युवा क्लवका हाइ स्कोर सुवाष पाख्रिन र बेस्ट डिफ्रेन्डर बिपुन लामा  घोषित भएका छन्। 

विजेता टिमलाई समापन कार्यक्रमको प्रमुख अथिति समेत रहेका स्थानीय सामाजसेवि तथा बुद्धिजीवी धिराज बल लामा र बिशिष्ट अथिति इन्द्रसरोवर गाउँपालिका वडा अध्यक्ष धनवीर स्याङ्तानले पुरस्कार प्रदान गरेका थिए । १ कार्तिकबाट प्रतियोगिता शुरू भएको थियो । कार्यक्रम  नव लालीमा युवा क्लब फाखेल पुरण्डीका अध्यक्ष बिवश पाख्रिनको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।  प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।