nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रोनाल्डोले प्रेमिकाको जन्मदिन मनाउन कोरोना प्रोटोकल तोडेको आरोप

ronaldo-1611903030.jpg

 विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रेमिकाको जन्मदिन मनाउन लकडाउन उल्लंघन गर्दै यात्रा गरेकाले इटालीको प्रहरीले उनीमाथि अनुसन्धान गरेको छ ।

कोभिड १९ नियन्त्रणका लागि जारी गरिएको मापदण्ड उल्लंघन गरेको उनीमाथि आरोप छ । उनले लकडाउन उल्लंघन गर्दै पीडमन्ट र भेले डीओस्टा क्षेत्रबीचमा यात्रा गरेको बताइएको छ ।

रोनाल्डो आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजको २७ औं जन्मदिन मनाउन एक माउन्टेन रिसोर्ट पुगेका थिए । जहाँ जोडीले एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए । तर मिडियामा उनीहरुबारे समाचार आउन थालेपछि अहिले उक्त फूटेज हटाइएको छ ।

कोरोनाभाइरसको महामारीबाट अति प्रभावित प्रमुख देशमध्ये इटाली पनि एक हो । जहाँ हरेक दिन कोभिडका कारण सयौंको मृत्यु हुनुका साथै हजारौँ संक्रमित हुने गरेका छन् ।

कोरोना महामारी फैलिन थालेको प्रारम्भिक चरणमा इटाली नराम्ररी प्रभावित बनेको थियो । पछिल्लो समय यहाँ महामारी सुरुका दिनमा झैँ तिब्र रुपमा फैलिन सकेको छैन ।

रोनाल्डो आफैँलाई पनि कोभिड संक्रमण भइसकेको थियो । संक्रमित हुनुअघि पनि उनी पोर्चुगलको यात्रा गरेकोमा आलोचित बनेका थिए । यसबीचमा रोनाल्डोसहित अरु थुप्रै खेलाडीहरुलाई कोरोना संक्रमण भइसकेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)