nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रियसभामा यसरी हुँदैछ एमाले माओवादी भागबण्डा

नेकपा एमाले र माओवादी केन्द्रले माघ ३ गते राष्ट्रियसभाका ५६ सिटको बाँडफाँट टुंगो लगाउने भएका छन् । बाम गठबन्धनको कार्यदलले बुधबारसम्म राष्ट्रियसभाको बाँडफाँड टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने कार्यदलका संयोजक सुवास नेम्वाङले बताए ।

राष्ट्रियसभा र प्रदेशका मुख्यमन्त्री तथा सभामुख लगायत पद बाँडफाँडका लागि ६ सदस्यीय कार्यदलले काम गरिरहेको छ । माघ १० मा राष्ट्रियसभा सदस्य उम्मेवार मनोनयन गरिसक्नुपर्ने र त्यसअघि नै दलहरुले उम्मेदवार चयन गर्नुपर्ने भएकाले माघ ३ भित्र बाँडफाँड टुंगो लगाउन लागिएको हो ।

कार्यदलका एक सदस्यका अनुसार माओवादीले प्रदेशतर्फ २ मुख्यमन्त्री र ४ सभामुख मागेको छ । बामपन्थी गठबन्धनको ७ मध्ये ६ प्रदेशमा बहुमत छ । तीमध्ये चार प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने निश्चित छ ।

अनलाइनखबरबाट

एमालेले मुख्यमन्त्री पाएका प्रदेशमा माओवादीले सभामुख दाबी गरेको छ । तर, यसमा सहमति भइसकेको छैन । सबै पद ६०/४० कै अनुपातमा बाँडिने तर त्यसमा व्यक्तिको व्यवस्थापन तथा पार्टी एकताको भावना समेटिने नेताहरुले बताउँदै आएका छन् ।

राष्ट्रियसभाका ७ प्रदेशका ५६ उम्मेदवारमा भने सम्बन्धित पार्टीका मतदाता संख्याकै आधारमा बाँडफाँट हुने नेताहरुले बताएका छन् । प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत छ । जित्ने सुनिश्चित भएका ४० सिटलाई बाँडफाँटको मुख्य आधार बनाइने स्रोतले जनाएको छ ।

४० मध्ये माओवादीले १५ दाबी गरेको छ । समग्र, उम्मेदवारीमा ३५ एमाले र १९ माओवादी उम्मेदवार बनाएर जाने मोडलमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ ।

स्थानीय तहमा माओवादीको मत एमालेको भन्दा दुई तिहाई कम छ भने प्रदेशसभामा पनि एमालेभन्दा आधा कम छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)