Monday, 21st September, 2026
वि.स.

युरो २०२० मा आज तीन खेल

euro-1623661736.jpg

युरो २०२० अन्तर्गत सोमबारको पहिलो खेलमा समूह ‘डी’ अन्तर्गत स्कटल्यान्ड र चेक गणतन्त्र भिड्दैछन् । स्कटलेयान्डको ग्लासगोस्थित ह्याप्डेन रंगशालमा नेपाली समयअनुसार ६:४५ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै अन्तिम १६ प्रवेशको सम्भावना प्रवल बनाउन चाहन्छन् ।

समूह ‘डी’ अन्तर्गत आइतबार राति भएको पहिलो खेलमा क्रोएसियालाई १-० ले पराजित गर्दै इङ्ल्यान्डले विजयी सुरुआत गरिसकेको छ । र, आजको खेलमा जित हासिल गर्ने दुवै टोलीले अर्को खेलमा पनि अंक बटुल्नसके अन्तिम १६ प्रवेशको सम्भावना बढ्ने भएकाले जितका लागि खेल्नेछन् ।

यस्तै आजै हुने दोस्रो खेलमा पोल्यान्डले स्लोभाकियाको सामना गर्नेछ । नेपाली समयअनुसार ९:४५ बजे रुसको सेन्ट पिटर्सबर्गमा सुरु हुने खेलमा दुवै टोली जितका लागि खेल्नेछन् ।

आज राति हुने अन्तिम खेलमा भने ३ पटकको च्याम्पियन स्पेनले स्वीडेनको सामना गर्दैछ । नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुने खेल स्पेनको सेभियामा हुँदैछ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif