nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको पहिलो बिच भलिवल थाहानगरमा शुरु

310141821_177124170322278-1664551717.jpg

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशको शिक्षा र खेलकुदमा बराबर लगानी गरेको प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छन् । १४ असोजमा थाहा नगरपालिकाको जनकल्याण माबिको खेल मैदानमा सुरु भएको प्रथम जिल्ला स्तरीय पुरुष विच भलिबल प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले यस्तो बताएकी हुन् ।  

मोक्तानले प्रदेशभरको माध्यामिक विद्यालयहरुमा खेल प्रशिक्षकको व्यवस्था गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै उल्लेख गरेकोले विद्यालय स्तरबाटै खेलाडी उत्पादन हुने तथा मकवानपुरका १० वटै स्थानीय तहमा खेलाडी उत्पादन हुनेमा बिश्वास व्यक्त गरिन् ।                                                                                                                   मन्त्री मोक्तानले थाहा नगरपालिका

खेलाडीहरु जिल्लामा विगतदेखि नै स्थापित भएको स्मरण गर्दै पुराना खेलाडीहरुको सम्मानले नयाँ पुस्तालाई खेल खेल्न थप उत्साह पैदा भएको बताउँदै बजेटको हिसाबले थाहा नगर पछाडि नरहेकोले खेल तथा युवा क्षेत्रमा नगरले प्राथमिकतामा राख्दै बजेट बिनियोजनमा ध्यान दिन आग्रह गरिन् ।

मन्त्री मोक्तानले  प्रदेशको मन्त्रालयको आफ्नो एेन नहुँदा पनि संघ र स्थानीय तहको एेनसंग समन्वय गरेर खेल क्षेत्रमा काम गरेको बताउँदै थाहा नगरका युवाहरुले खेल पर्यटनको नारा दिई विच भलिबलको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद तथा आभार व्यक्त गर्दै खेलाडिहरुलाई खेल भित्रको अनुसासन समाजमा सक्रिय रुपमा लगाउन आग्रह गरिन् । 

उद्घाटन समारोहमा भलिबलको माध्यमवाट आफ्नो जीवनको युवा उमेरमा जिल्लाभित्र स्थापित थाहा नगरभित्रका पूर्व खेलाडीहरुलाई सम्मानपत्रसहित सम्मानित गरी कार्यक्रम उद्घाटन गरिएको थियो।

पूर्व भलिबल खेलाडीहरु, राजेश केसी, सानोभाइ कार्की, उदयदाश श्रेष्ठ, मधुसूदन रायमाझी, कृष्ण बहादुर बिष्ट, रमेश कार्की, दिपक लामा, बिश्वमान श्रेष्ठ , विक्रम जोशी  मनोज अधिकारीलाई प्रमुख अतिथि मन्त्री कुमारी मोक्तानले सम्मान पत्र प्रदान गरेकी थिइन् । विच भलिबलका संयोजक युवराज बिष्टको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा वागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा थाहा नगरका उपप्रमुख भरत गोपालीको बिशेष आतिथ्यता रहेको थियो । 

उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपाली, थाहा नगर खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तान, थाहा नगर शिक्षा समिती संयोजक तथा वडा न ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ, वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, ४ का नारायण लामा, थाहा नगर खेलकुद विकास समितिको निवर्तमान संयोजक राजेश केसी, जनकल्याण माबिका प्रअ सानोभाइ कार्की, नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकाल, नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,नेकपा माओवादी थाहा नगर अध्यक्ष बिनोद लामा, वाइसीएल केन्द्रिय सदस्य नवराज थिङ, फरक क्षमताक धनी कलाकार तथा चित्रकार अमिर भोम्जन लगायतका उपस्तिथि रहेको थियो। १७ असोजसम्म चल्ने प्रतियोगितामा जिल्लाका ४० टिमको सहभागिता रहेको छ ।

खेल बाहेक प्रतियोगिता अवधिभर थाहा नगरपालिकाको मुख्य पर्यटकीय स्थलको फोटो प्रदर्शनी, नेवारी खाजा–खानाको साथै विभिन्न स्टल, चित्रकला प्रदर्शनी तथा बिक्री, तथा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। प्रतियोगितालाई थाहा कला केन्द्रले आयोजना गरेको छ भने थाहा नगर भलिबल संघको समन्वयमा प्रतियोगिता संचालन भैरहेको छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)