nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 17th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मंसीर ७ बाट उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिता  हुने
टिममा चार खेलाडी गैर स्थानीय सहभागी गराउन पाइने

थाहानगरको इन्द्रायणी खेल मैदानमा यहि मंसीर ७ बाट शुरु हुने मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिताको शुरु तयारी शुरु गरिएको छ । युवा तथा खेलकुद विकास समिति थाहा नगरपालिका वडा नम्बर ८ को आयोजनामा प्रतियोगिता शुरु हुन लागेको हो । 

फुटबल टिममा उत्तरी मकवानपुर भन्दा बाहेकका क्षेत्रका चारजना खेलाडी राखेर समेत प्रतियोगितामा भाग लिन पाउने यस प्रतियोगितामा दर्जन बढि टिमको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । नक आउटको आधारमा खेलाईने प्रतियोगितामा भाग लिनको लागि मंसीर ४ गतेसम्म टिम दर्ता गरिसक्नूपर्ने छ । 

प्रतियोगिताको समापन मंसीर ११ गते हुने आयोजक तथा खेलकुद विकास समितिले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको छ । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद, शिल्डक, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जानकारी दियएको छ ।

यसैबीच प्रतियोगिता  संचालन हुने दिन आईपग्नै लाग्दा इन्द्रायणी चौर खेल मैदान व्यवस्थित बनाउन थालिएको छ । मैदान सम्याउने तथा व्यवस्थित बनाउने काम भइरहेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)