Thursday, 27th August, 2026
वि.स.

मंसीर ७ बाट उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिता  हुने
टिममा चार खेलाडी गैर स्थानीय सहभागी गराउन पाइने

थाहानगरको इन्द्रायणी खेल मैदानमा यहि मंसीर ७ बाट शुरु हुने मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिताको शुरु तयारी शुरु गरिएको छ । युवा तथा खेलकुद विकास समिति थाहा नगरपालिका वडा नम्बर ८ को आयोजनामा प्रतियोगिता शुरु हुन लागेको हो । 

फुटबल टिममा उत्तरी मकवानपुर भन्दा बाहेकका क्षेत्रका चारजना खेलाडी राखेर समेत प्रतियोगितामा भाग लिन पाउने यस प्रतियोगितामा दर्जन बढि टिमको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । नक आउटको आधारमा खेलाईने प्रतियोगितामा भाग लिनको लागि मंसीर ४ गतेसम्म टिम दर्ता गरिसक्नूपर्ने छ । 

प्रतियोगिताको समापन मंसीर ११ गते हुने आयोजक तथा खेलकुद विकास समितिले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको छ । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद, शिल्डक, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जानकारी दियएको छ ।

यसैबीच प्रतियोगिता  संचालन हुने दिन आईपग्नै लाग्दा इन्द्रायणी चौर खेल मैदान व्यवस्थित बनाउन थालिएको छ । मैदान सम्याउने तथा व्यवस्थित बनाउने काम भइरहेको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif