nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भलिवलमा भाग लिन थाहाका खेलाडी जिरी प्रस्थान

Thaha-Team-1698748620.jpg

दोलखाको जिरीमा १५ कार्तिकदेखि हुने जिरी च्याम्पियनसिपमा भाग लिन थाहा नगरपालिकाको भलिवल टोली त्यसतर्फ प्रस्थान गरेको छ । युवा सञ्जाल जिरीको आयोजनामा जिरी च्याम्पियनसिप २०८० हुन लागेको हो । 

थाहा नगरपालिकाबाट छानिएका खेलाडीहरुको टिम च्याम्पियनसिपमा भाग लिन १४ कात्तिकमा जिरी प्रस्थान गरेको हो । नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जितको शुभकामनासहित टोलीलाई विदाइ गरेका थिए । 

आज जिरी पुगेर विश्राम गर्ने र भोलि(१५ कात्तिक) मा प्रतियोगितामा सहभागी हुने टिम व्यवस्थापक रुपका कार्कीले जानकारी दिए । टोलीमा टिम क्याप्टेन बलराम सुवेदी, कुशल लामा, राम काार्की, मनिष लामा  लगायत खेलाडीहरु सहभागी छन् । 

दोलखाको पर्यटकीय जिरीस्थित लिङ्कन बजारमा खेलकुद महोत्सवकै रूपमा च्याम्पियनसिपको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

भलिबल खेलको प्रथम पुरस्कार राशि नगद १ लाख ५१ हजार रुपियाँ रहेको छ भने द्वितीय १ लाख १ हजार, तृतीय ५१ हजार र सान्त्वना पुरस्कार राशि २५ हजार रुपियाँ रहेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)