nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ब्रुनाइलाई ३–० ले पराजित गर्दै नेपाल सेमीफाइनल प्रवेश
नेपाल बन्यो समूह बिजेता

नेपाल मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 
मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भएको समूह ए को अन्तिम खेलमा नेपाल विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले समूहको अन्तिम प्रतिष्पर्धामा ब्रुनाईलाई ३–० ले पराजित ग¥यो । ब्रुनाई विरुद्ध ३ गोल गरेर नेपालले १० वर्षअघि भोगेको पराजयको बदला समेत लिएको छ ।
नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगरको गोलले नेपाल अन्तिम खेलमा विजेता बन्न सफल भयो नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा २ गोल गरेको थियो । 
पहिलो हाफको इन्जुरी टाइममा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएकोमा भरत खवासले दोस्रो हाफको ७२ औं मिनेटमा र विमलले गरे ८० औं मिनेटमा गोल गरे । 
ब्रुनाईलाई पराजित गरेसँगै २ खेलबाट ४ अंक जोडेको नेपाल समूह ए को विजेता बनेको छ । नेपालले पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
पहिलो खेलमा लेस्टेलाई ४–० ले हराउँदै यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको ब्रुनाई समूह ए को उपविजेता बन्यो ।
समूह ए को विजेता बनेको नेपालले सेमिफाइनलमा लाओस वा मंगोलियासँग खेल्ने सम्भावना बढी छ ।
समूह बी मा २ खेल जितेको मकाउ ६ अंक जोड्दै यसअघि नै सेमिफाइनल पुगिसकेको छ भने समान १ खेल जितेको मकाउ र मंगोलियामध्ये एक टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुई खेल हारिसकेको श्रीलंका भने एक खेल खेल्नुअघि नै समूह चरणबाट बाहिरिसकेको छ ।
समूह बी को अब हुने खेलमा मकाउ र श्रीलंका तथा लाओस र मंगोलिया भिड्नेछन् ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)