nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बालबालिकामा मोबाइलको असरः पेन्सिल समात्नै गाह्रो

आजकालका बच्चाहरु टच स्क्रिनमा अभ्यस्त छन् । वर्षदिन नपुग्दैदेखि हामीले बच्चालाई स्मार्टफोन र ट्याबलेटहरुमा भुलाइरहेका छौं  तर, यसले उनीहरुको मानसिकमात्र नभई शारिरिक विकासमा समेत गम्भिर असर पर्ने गरेको तथ्य खुलेको छ ।

बेलायतका बालरोग बिशेषज्ञहरुले पत्ता लगाएको नयाँ तथ्यले भन्छ- स्मार्टफोनकै कारण बालबालिकाहरु कलम र पेन्सील राम्ररी समात्न नसक्ने अबस्थामा पुगेका छन् । टच स्क्रिन फोन र ट्याब्लेटहरुको अत्यधिक प्रयोग गरिरहेका बालबालिकाको औंलाको मांसपेशीहरु राम्ररी विकास नहुने र त्यसले गर्दा पेन्सिल राम्ररी समात्न नसक्ने बिज्ञहरुको भनाई छ ।

‘अहिले स्कुल आइरहेका बच्चाहरुको हात १० वर्ष अगाडिका बच्चाहरुको जस्तो बलियो छैन,’ हार्ट अफ इङ्ग्ल्यान्ड फाउन्डेसन एनएचएस ट्रस्टका प्रमुख थेरापिस्ट. साल्ली पायनले भने, ‘उनीहरु पेन्सील राम्ररी समात्न सक्दैनन् किनकी उनीहरुको औलाले कसरी सर्ने भन्ने जानेको हुँदैन ।’

पेन्सिललाई नियन्त्रण गर्नका लागि औंलाका मांसपेशीहरुले राम्ररी काम गर्नुपर्ने उनी बताउँछन् ।

६ वर्षीय प्याट्रिक एक व्यावसायीक थेरापिस्टसँग पेन्सिल समात्नका लागि बुढी औंलालाई साप्ताहिकरुपमा क्लास लिने गर्छन्  ।उनकी आमा लाउरा आफैंलाई दोष दिँदै भन्छिन्, ‘मैले आफ्नो बच्चालाई जतिसक्दो प्रविधि मैत्री बनाउँन खोजें । तर स्कुल पठाउँदा उसको विषयमा कम्प्लेन आएको छ । शिक्षकहरुले भन्छन् कि उसले राम्ररी पेन्सिल समात्न सक्दैन, त्यसैले लेख्न पनि जान्दैन ।’

थेरापी सेसनले आफ्नो बच्चालाई धेरै सहयोग गरिरहेको उनले बताइन् । साथै घरमा बच्चालाई नयाँ प्रविधिको पहुँचमा कडाइ गरेकी छिन् उनले ।

‘मलाई लाग्छ, स्कुलले समयमै समस्या पत्ता लगायो र यसलाई हामीले सुधार गर्न सक्यौ,’ उनी भन्छिन् ।

बच्चाहरुमा ह्यान्डराइटिङको समस्यामाथि विज्ञता हासिल गरेका बाल थेरापिस्ट मेल्लीसा प्रुन्टीले बढ्दो संख्यामा बच्चाहरुले प्रविधिको अत्यधिक प्रयोगका कारण ह्यान्ड राइटिङ विकासमा सुस्तता आएको बताउँछन् ।

‘एउटा समस्या के हो भने ह्यान्डराइटिङ विशुद्ध व्यक्तिगत काम हो,’ नेसल ह्यान्डराइटिङ एसोसिएसनका उपाध्यक्ष प्रुन्टी भन्छिन् । ह्यान्डराइटिङ एसोसिएसनले लन्डनको ब्रुनेल युनिभर्सिटीमा ह्यान्डराइटिङसहित बाल्यकालका मुख्य सीपहरुमाथि अनुसन्धान क्लिनिक चलाइरहेको छ ।

‘अनुसन्धानको अभावमा, जोखिम यो छ कि हामीले अपेक्षा गरेको उमेरमा बच्चाले किन लेखेन भनेर हामी धेरै अनुमान लगाउँछौं र प्रविधिसँग सम्वन्धित कारण देखियो भने कुनै हस्तक्षेप गर्दैनौं,’  उनले भने ।

प्रत्येक वर्षको पाठ्यक्रममा ह्यान्डराइटिङको लक्ष्य तोकिने गरेको भए पनि फरक-फरक प्राइमरी स्कुलहरुले फरक-फरक तरिकाले ह्यान्डराइटिङमा फोकस गरिरहेका छन् । तर, विद्यालयबाहिर धेरै समय उनीहरु टच स्क्रिन चलाएर बस्ने भएकाले समस्या उत्पन्न भएको छ ।

तर बाल मनोविश्लेषक बार्बी क्लर्कको भनाइमा घरमा अत्यधिक प्रविधिको कारण उत्पन्न समस्याप्रति सबै नर्सरी स्कुलहरु पूर्ण जानकार रहेको बताए ।

-गार्जियनबाट भावानुदित (-अनलाइनखबरबाट)



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)