Thursday, 25th June, 2026
वि.स.

बलात्कारमा अब २० वर्षसम्म कैद

अब बलात्कारका घटनामा कम्तीमा सात वर्ष कैद हुने भएको छ।  बलात्कारमा अब २० वर्षसम्म सजाय हुन सक्नेछ।   सरकारले ल्याएको विधेयकभन्दा उपसमितिले सजायको दरलाई दोब्बर बनाएको हो।  मूल विधेयकमा १० वर्षभन्दा कम उमेर भएकी बालिकाको बलात्कार भएमा दश वर्षको सरकारी प्रस्तावलाई उपसमितिले २० वर्ष बनाएको हो।  उपसमितिले बाल बलात्कारको सजायमा दोब्बर बनाएको हो।

विधेयकमा बलात्कार लगायतका घटनामा पीडितलाई पीडकबाट तत्काल भराउन सक्ने अवस्था नभएमा राज्यकोषबाट अन्तरिम क्षतिपूर्ति दिने व्यवस्था पनि गरेको छ।आजको गोरखापत्रफ दैनिकमा खबर रहेकाे छ ।