Saturday, 27th July, 2024
वि.स.

बज्रवाराहीलाई जिल्लास्तरीय भलिवलको उपाधि, हातमा ५१,००० पुरस्कार

bajjj-1642259948.jpg

थाहानगरको बज्रवाराही युवा क्लबले जिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधि चुमेको छ । थाहानगरको चित्लाङस्थित माझगाउँमा २६ पुसदेखि जारी जिल्लास्तरीय भलिवल प्रतियोगिताको फाइनलमा तलेजु युवा क्लबलाई उपविजेतामा सीमित गर्दै बज्रवाराही युवा क्लब जिल्ला भलिवल च्याम्पियन हुन सफल भएको हो । 

१ माघमा  भएको बज्रवाराही र तलेजुबीचको प्रतियोगिता निकै प्रतिष्पर्धात्मक र रोमाञ्चक भएको थियो । दुबै टिमले २÷२ सेट जितेपछि भएको अन्तिम पाँचौ सेटमा बज्रवाराहीले तलेजुलाई पराजित गरेको थियो । 

सेमीफाइनलमा विनयबावु स्मृति प्रतिष्ठानलाई पराजित गरेर बज्रवाराही युवा क्लब बज्रवाराही फाइनलमा पुगेको थियो भने ड्रिमर्स क्लब फुर्केलाई हराएर तलेजु युवा क्लब चित्लाङ फाइनलमा प्रवेश गरेको थियो । 

विजेता घोषणा भएसँगै बज्रवाराही युवा क्लबले रु. ५१,००० नगद पुरस्कार पाएको छ भने उपविजेता तलेजुले रु. २५,००० पाएको छ । प्रतियोगितामा तेस्रो विनयबाबु स्मृति प्रतिष्ठानले नगद रु. १५,००० पुरस्कार पाएको छ । विजेताहरुले शील्ड, मेडल र प्रमाणपत्र पाएका छन् । 

समापन कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री विरोध खतिवडाले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए । 

प्रतियोगितामा इन्टरनेशनल रेफ्री चन्द्रबन्दना राई तथा नेशनल रेफ्रीहरु कपिल जिसि, हिमाल केसी र सत्यराम न्हिसुतु निर्णायकको भूमिकामा रहेका थिए । 

स्वच्छन्द भैरव युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो । २५ वर्षदेखि लगातार प्रतियोगिता आयोजना गरिँदै आएको क्लबका अध्यक्ष पुण्यमान बलामीले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)