Monday, 21st September, 2026
वि.स.

पौष २६ बाट थाहा गोल्डकप

Gold-1610158987.jpg

मकवानपुर थाहा नगरपालिकामा थाहा गोल्ड कप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । थाहा नगरपालिकाको मुख्य आर्थिक सहयोगमा २६ पुसबाट थाहानगरको इन्द्रायणी चौरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको आयोजक ऋषेश्वर ११ क्लब रहेको छ । प्रतियोगिता नाइन  ‘ए’ साईड हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ पुरस्कार राशी रहेको क्लबका सुमन विष्टले जानकारी दिए । टिम दर्ताको लागि ५ हजार रुपियाँ तोकिएको छ ।  थाहानगरमा खेलकुदको माध्यमबाट पर्यटनको विकास गर्ने, थाहानगरका उत्कृष्ट फुटबल खेलाडीहरुको पहिचान गर्ने, स्थानीय दर्शकहरुलाइ खेलको माध्यमबाट स्वस्थ मनोरञ्जन प्रदान गर्ने, खेलाडीहरुमा विकास, अनुशासन र गतिशीलताको भावना वृद्धि गर्ने लगायतको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विष्टले    जानकारी दिए । 

दोस्रो थाहा गोल्ड कप फुटबल प्रतियोगिता खुल्ला प्रतियोगिता हुने उनले बताए ।  प्रतियोगितामा नेपाल भित्रका जुनसुकै टिमले भाग लिन सक्नेछन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif