nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

पोर्चुगलमाथि जर्मनीको शानदार जित

Germany-team-1624150792.jpg

युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४-२ ले पराजित गरेको हो ।

पहिलो जितपछि जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ र नकआउट पुग्ने सम्भावना कायम राखेको छ । जर्मनी पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित भएको थियो ।

उता पहिलो खेलमा हंगेरीलाई ३-० ले पराजित गरेको साविक विजेता पोर्चुगलको यस संस्करण पहिलो हार हो ।

म्युनिखमा भएको खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले डिएगो जोटाको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर सुरुआत देखि नै आक्रमक खेलेको जर्मनीले बराबरी गोल पर्काउन धेरै कुर्नुपरेन।

३५औं मिनेटमा पोर्चुगलका रुबेन डियाजले आत्मघाती गोल गरेपछि जर्मनीले खेल बराबरी गर्‍यो । यस्तै ३९औं मिनेटमा राफेल गुरेइराले पनि आत्मघाती गोल गरेपछि पहिलो हाफमा जर्मनीले २-१ को अग्रता बनायो ।

दोस्रो हाफको १५ मिनेटभित्र जर्मनीले २ गोल गर्‍यो । ५१औं मिनेटमा रोविन गोसेन्को पासमा काइ हाभार्टले गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए । यस्तै ६०औं मिनेटमा जोसुअ किम्मीचको पासमा गोसेन्सले गोल गरेपछि जर्मनीले ४-१ को अग्रता बनायो ।

६७औं मिनेटमा जोटाले रोनाल्डोको पासमा गोल गर्द गोल अन्तर कम पार्ने प्रयास गरेका थिए तर थप गोल पर्काउन नसक्दा जर्मनीले शानदार जित हात पारेको हो ।

‘ग्रुप अफ डेथ’ मानिएको समूह डी मा सबैले दुई खेल खेलेपछि फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा छ । जर्मनी र पोर्चुगलको समान ३ अंक छ भने हंगेरीको १ अंक छ।

अब अन्तिम खेलमा जर्मनीले हंगेरी र पोर्गुचलले फ्रान्ससँग खेल्नेछ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)