nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालिका फुटबलमा नेपालकै पहिलो विजयी थाहा नगरपालिका, खुशीयालीमा खेलाडीले गरे नगर परिक्रमा

football-bijeta-1639561351.jpg

पालिकाहरुबीचको फुटबल प्रतियोगितामा नेपालकै पहिलो विजयी पालिकाको रुपमा थाहा नगरपालिकाले इतिहास कायम गरेको छ ।

इतिहासमा नेपालका कुनै जिल्ला वा जिल्लाहरुलाई समेटेर अन्तरपालिका फुटबलको आयोजना गरिएको थियो भने त्यो जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको फुटबल प्रतियोगिता हो र सो प्रतियोगितामा थाहाले विजय हासिल ग¥यो । ‘नेपालमा कुनै जिल्ला समन्वय समिति वा कसैले जिल्लाका पालिकाहरुबीच फुटबल प्रतियोगिता आयोजना नगरेको र मकवानपुरले आयोजना गर्दा थाहा नगरपालिका विजयी भएकोले पालिकाबीचको फुटबलमा थाहा नगरपालिका पहिलो बिजयी पालिका भएको छ’ थाहा नगरपालिकाका सामाजिक शाखा प्रमुख अनिल लामिछानेले दावी गरे । 

नेपालका पालिकाहरुबीचको फुटबलमा पहिलो विजयी बनेको थाहा नगरपालिकाले नगरबाहिर आफ्नो फुटबल टिमलाई मैदानमा उतारेको पनि पहिलोपटक हो । यसअघि थाहाका क्लबहरु विभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागी जनाउन गए तापनि नगरपालिकाकै व्यानर र पूर्ण प्रायोजनमा फुटबल प्रतियोगितामा सहभागिता जनाएको यो पहिलोपटक हो । 

गत १८ मंसिरबाट हेटौँडाको हुप्रचौर खेलमैदानमा शुरु भएको नकआउट फुटबल प्रतियोगितामा  तीनवटा टिमहरुलाई जित्दा थाहा नगरपालिका उत्कृष्ट ठहरिन पुग्यो । थाहा नगरपालिको टिमले खेल अवधिभर कूल १६ गोल गरेको थियो । २० मंसिरमा भएको खेलमा मकवानपुर गढी र २२ मंसिरमा भएको खेलमा भीमफेदी गाउँपालिकालाई पराजित गरेर थाहा नगरपालिका फाइनलमा प्रवेश गरेको थियो । उसले फाइनलमा हेटौँडा उपहानगरपालिकासँग महासंग्राम गरेको थियो । फाइनल भीडन्तमा बराबरी हुँदै ट्राइबेकर राउण्डमा समेत बराबरी भएपछि थाहा नगरपालिकाले सडेन डेथ चरणबाट हेटौँडालाई उपविजेतामा सीमित गरिदिएको थियो । 

थाहा नगरपालिकाको पुरापुर हौसलाका साथ प्रतियोगितामा प्रवेश गरेका थाहानगरको टिमले पहिलो प्रतियोगितामै मकवानपुर गढीको टिमलाई ४–० को एकतर्फी गोलले नकआउट गरेपछि अझै हौसिएको थियो । त्यो हौसला खेलको अन्तिम क्षणसम्म पनि कायमै रहेको टिमका म्यानेजरसमेत रहेका सामाजिक विकास शाखा प्रमुख लामिछानेले बताए । टिमको क्याप्टेनको भूमिकामा थाहा नगरका फुटबल अभियन्ता सुमन विष्ट रहेका थिए । 

प्रतियोगितामा थाहानगरले विजेताको पगरी मात्र होइन, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट कोचको उपाधिसमेत चुम्न सफल रह्यो । प्रतियोगितामा थाहा नगरपालिका टिमका फरवार्डर राजन गोले, मिडफिल्डर विशाल स्याङ्तान र कोच नरेन्द्र मोक्तान उत्कृष्ट  ठहरिए । 

प्रतियोगिता जितेर थाहा नगरपालिकाले इतिहासिमै सर्वाधिक राशीको पहिलो पुरस्कार प्राप्त ग¥यो । नगरपालिकाले प्राप्त गरेको रु. दुई लाख खेलाडीहरुलाई नै प्रदान गरिएको थाहा नगरपालिकाका खेलकुद विकास समिति संयोजक राजेश केसीले बताए । 

थाहा नगरपालिकाका खेलाडीहरुको प्रतियोगिता अवधिमा भएका भोजन, आवास लगायतको खर्च सबै नगरपालिकाले व्यहोरेर पुरस्कारमा आएको रकम खेलाडीहरुलाई नै प्रदान गरिएको नगरपालिकाले जनाएको छ । 

जिल्ला फुटबलमा उत्कृष्ट पालिका  ठहरिएको थाहा नगरपालिकाले २९ मंसिरमा सबै खेलाडीहरुलाई नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाइ दिएको छ । नगरपालिकाका मेयर लवशेर विष्ट, उपमेयर खड्ग गोपाली, खेलकुद विकास समिति संयोजक केसी, नेपाली काँग्रेसका नवराज कार्की, नेकपा एमालेका सुजन रायमाझी, नेकपा माओवादी केन्द्रका विनोदकुमार लामा, नेकपा एकीकृत समाजवादीका किरणमान बल, निमित्त नगरकार्यपालिका कार्यालय प्रमुख अजित घिमिरे, सामाजिक शाखा प्रमुख लामिछाने लगायतले खेलाडीहरुलाई बधाइ दिएका थिए । खेलाडीहरुलाई मेयर विष्टले प्रशंसापत्र प्रदान गरेका थिए । 

कार्यक्रमपछि जितको खुशीयालीमा खेलाडीहरुले ¥याली निकालेका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)