nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नुवाकोटमा भएको खुल्ला भलिबल प्रतियोगितामा थाहानगरको विनयबाबु स्मृति प्रतिष्ठान विजयी

volly-1612187518.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको विनयबाबु स्मृति प्रतिष्ठानले नुवाकोटमा भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । 

नुवाकोटको मेत्राङ गाउँपालिका वडा नम्बर ४ मा रहेको प्रतिमा शहीद स्मृति बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा भएको प्रतियोगितामा विनयबाबु प्रतिष्ठानले उपाधि हासिक भएसंगै नगद ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा आयोजक शहीद स्मृति बहुउद्देश्यीय सहकारी दोस्रो भएको छ । 

प्रतियोगितामा उत्कृष्ट लिफ्टर सुशिल लो तामाङ र उत्कृष्ट खेलाडी सविन कार्की घोषित भए । माघ १२ देखि १६ गतेसम्म भएको प्रतियोगितामा धादिङ, मकवानपुर, नुवाकोट र गोरखा जिल्लाको २० टिमको सहभागिता रहेको थियो । 

प्रतियोगितामा सुनिल लो तामाङ, सविन कार्की, मनिष तामाङ, दिपेन्द्र बस्नेत, सुनिल भुजेल, कुशल लो तामाङ, संजय लो तामाङ, राजु थिङ, सागर सिंह ठकुरी र बलराम सुवेदीले विनयबाबु स्मृति प्रतिष्ठानको तर्फबाट खेलेका थिए । समूहको टिम म्यानेजर सुजन बस्नेत र कोच शंकर कार्की रहेका थिए ।