thahatimes-ad-thekka-1731652826.jpg
Monday, 9th December, 2024
वि.स.

थाहा-२ लाई थाहा-कैलाश भलिवलकाे उपाधी

Screenshot_20241110_19215-1731246912.jpg

थाहा नगरपालिका वडा नम्बर २ भलिबल टिमले आयोजक सल्ले राम्चे युवा क्लब ‘ए’ लाई पराजित गर्दै थाहा–कैलाश पालिकास्तरीय अन्तरवडा भलिबल प्रतियोगिताको उपाधि उपाधि चुमेको छ । थाहा नगरपालिका वडा नम्बर ७ डाँडाबास स्थित खेल मैदानमा भएको फाइनल खेलमा आयोजक ‘ए’ लाई १५–२५, २५–२१, २१–२५, २५–२२ र १५–९ को अन्तरले पराजित गरेको हो ।

उपाधि चुमेसंगै थाहा–२ ले नगद ५१ हजार १ सय ५१ रुपियाँ नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । द्वितीय हुने आयोजक सल्ले राम्चे युवा क्लब ‘ए’ ले ३१ हजार १ सय ३१ रुपियाँ पुरस्कार पाएको छ । प्रतियोगितामा थाहा ५ भलिबल टिम तृतीय भएको छ । तृतीय भएसंगे थाहा–५ टिमले १३ हजार १ सय १३ रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक सुजिन्द्र गोलेले जानकारी दिए । थाहा–५ ले सशक्त रातो थाहा–७ लाई २५–२०, २५–२३, २२–२५ र २५–२२ को अन्तरले पराजित गर्दै तृतीय स्थान लिन सफल भएको हो ।

प्रतियोगितामा आयोजक सल्ले राम्चे युवा क्लब ‘बी’का प्रतीक वाइवा उदियमान खेलाडी घोषित भए भने थाहा–५ का पुजन गुरुङ वेस्ट सर्भर, आयोजक सल्ले राम्चे युवा क्लब ‘ए’ का अनिल मोक्तान वेष्ट डिफेन्डर, थाहा–२ का प्रवेश कार्की वेस्ट ब्लकर, थाहा–२ कै सागर तामाङ वेस्ट सेटर घोषित भए । त्यस्तै आयोजक ‘ए’का रमेश थिङ वेस्ट स्पाइकर र थाहा–२ का सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए । विधागत उत्कृष्ट खेलाडीहरुले पनि नगद तथा ट्रफी पुरस्कार पाएका छन् ।

प्रतियोगिताका विजयी टिम तथा विधागत उत्कृष्टता हासिल गरेका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीइ अधिकृत कृष्ण गिरीलगायतका अतिथीहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सल्ले राम्चे युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको सहआयोजक हिमशिखर बचत तथा ऋण सहकारी संस्था थाहा–७ डाँडाबास रहेको थियो । थाहा नगरपालिका वडा नम्बर ७ मुख्य सहयोगी रहेको प्रतियोगिताको अफिसियल मिडिया पार्टनहरु पालिका प्रेस डटकम, थाहा टाइम्स र थाहापाटी रहेका थिए ।

प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रम प्रतियोगिताका संयोजक सुजिन्द्र गोलेको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा सहयोग गर्ने सहयोगीहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०