nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

फुटबलकाे फाइनलमा वडा १ र ३, खेल १३ माघमा

FB_IMG_1706287881749-1706287906.jpg

चित्लाङमा भइरहेको थाहा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि वडा नम्बर १ र ३ भिड्ने भएका छन्  । फाइनल खेल १३ माघमा हुनेछ ।

खेलकुद बिकास समिति थाहा ९ चितलाङका अध्यक्ष अमर सिंह ठकुरीका अनुसार १२ माघमा वडा नम्बर ३ र ७ बिच भएको सेमिफाइनल चरणको पहिलो खेलमा वडा नम्बर ३ बिजयी भएको छ ।

निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राईबेकरमा ४-३ गोल अन्तरले वडा नम्बर ३ फाइनल प्रबेश गरेको हो  । यस खेलको म्यान अफ द म्याच वडा नम्बर ३ का गोलकिपर देबबहादुर पाख्रिन घाेषित भए ।

त्यस्तै सेमिफाइनल चरणको दोस्रो खेलमा वडा नम्बर १ बिजयी भएको छ । वडा नम्बर १ र ११ बिच भएको खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि ट्राईबेकरमा ७-६ गोल अन्तरले वडा नम्बर १ फाइनल प्रवेश गरेको हो । यस खेलको म्यान अफ द म्याच वडा नम्बर १ का गोलकिपर प्रचण्ड गोपाली भएका थिए ।

थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ९ खेलकुद विकास समितिको व्यवस्थापनमा थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन भएकाे हाे ।  

प्रतियोगितामा बिजेता टिमले नगद १ लाख र उपबिजेता टिमले  नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र पुरस्कारको व्यवस्था गरिएकाे  आयोजकले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)