Monday, 21st September, 2026
वि.स.

थाहा नगरस्तरीय खुल्ला ब्याडमिन्टनमा चार टिम सेमिफाइनलमा प्रवेश

Ajit-1609851624.jpg

मकवानपुर थाहानगरमा जारी खुल्ला दोस्रो उपमेयरकप ब्याडमिन्टन प्रतियोगितामा ४ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । 

थाहा नगरपालिकाको प्रायोजन तथा फरक सोचको व्यवस्थापनमा भैरहेको प्रतियोगितामा थाहा नगरपालिका ‘बी’ र ‘सी’ टिम, ओम नमो शिवाय र ओम नमो नमः टिम सेमिफाइनलमा प्रवेश गरेको फरक सोच संयोजक यादवजंग रायमाझीले जाननकारी दिए । 

सेमिफाइनल अन्तर्गतको २२ पुसको पहिलो खेल विहान ७ बजे ओम नमो नम ट्रेडस र थाहा नगरपालिका ‘सी’ बीच र दोस्रो खेल थाहा नगरपालिका ‘बी’ र ॐ नमो शिवाय बीच हुने फरक सोचले जनाएको छ । थाहानगर स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा नगरका १२ टिमको सहभागिता रहेको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif