nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरकी पौरखी महिला, लिफ्ट सिंचाइपछी बारीभरी किबी र तरकारी खेती

 मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ ठुलो मार्खुकी ३४ वर्षिय बरी बल तामाङको बारीमा अहिले किवी झुलेको देख्न पाइन्छ । किबीका साना विरुवा संगै ठुला बोटमा किबी फल्न थालेका छन् । ३४ वर्षिय महिलाको प्रयासमा तरकारी र फलफूल खेतीले गर्दा वरपरका गाउँले समेत चकित परेका छन् । आफ्नो एक्लैको प्रयासले किबी र तरकारी खेती गरेको उहाँ वताउनुहुन्छ ।

पाँच वर्ष अगाडी थाहा पौरखी कृषी प्रालि फाम दर्ता गरेर उहाँले महिलाहरुले पनि चाहेमा काम गर्न सक्छन् भन्ने उदाहरण वन्नु भएको छ । उहाँले गर्नुभएको किबी खेतकिा लागि बागमती प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय हेटौंडाले सहयोग गरेको छ । भिरालो जमिनमा सिंचाइ गर्नका लागि थप समस्या हुने भएपछी लिफ्ट सिंचाइका लागि सहयोग गरिएको निर्देशनालयका निर्देशक रविन्द्र बहादुर प्रधानले वताउनुभयो ।

लिफ्ट सिंचाइका कारण पानीको समस्या भने अहिले हटेको छ । राम्रो काम गर्ने र मेहनत गर्ने किसानका लागि लिफ्ट सिंचाइबाट काम गरिएको प्रधानले वताउनुभयो । महिलाले निकै मेहनतका साथ काम गरेको र सफल देखिएकाले उहाँलाई सहयोग गरिएको हो । तामाङले सुरुमा रिसर्चको लागि ५० बोट किवी लगाएर सुरु गरेको र त्यसबाट राम्रो आम्दानी भएपछि थप किवी खेती गरेको वताउनुहुन्छ । ८ वर्ष पुरानो किवीको एउटा बोटमा वर्षको ४० किलो सम्म फल्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

विज्ञका अनुसार किवीको आयु ६० वर्ष हुने विस्वास गरिएको छ । अहिले किसानको बारीबाट किबी प्रतिकेजी २ सय देखि २ सय ५० सम्ममा बिक्री हुने गरेको छ । हेवार्ड, ब्रुनो र एलिसन लगायतको जातको किवी बारीमा लगाइएको छ । कूल २ सय रोपनी जग्गामा खेती गरिरहेको उहाँ वताउनुहुन्छ । अहिले जम्मा ४ हजार किवीको बोटछ । सबै बोटमा किवी फल्न सुरु भएको उहाँ वताउनुहुन्छ । किवीको बोट सानो भएकोले किवीको बोटको वरीपरि मुला र लसुन खेत िसमेत गर्नु भएको छ ।

करिब १ करोड ५० लाख व्यक्तिगत लगानीमा उहाँले काम गर्नु भएको छ । लिफ्टीङ सिँचाईको लागि बागमती प्रदेश सरकारको ३५ लाख अनुदान प्राप्त भएको भएको र यसका कारण धेरै सहयोग पुगेको उहाँको भनाइ छ । लिफ्टीङ सिँचाईको लागि मोटर चलाउन सोलार प्यानल जडान गरिएको छ । कृषि विकास निर्देशनालय हेटौंडाले दिएको लिफ्टीङ सिँचाइले किवी र तरकारी खेतीको लागि निक्कै सजिलो भएको छ ।

सिँचाई नहुने खोलाभन्दा उच्च स्थानमा भएकाले लिफ्टीङ सिँचाइको निक्कै महत्वपूर्ण काम गरेको निर्देशनालयका निर्देशक प्रधान वताउनुहुन्छ । – किवीबाट वार्षिक कम्तिमा ५० लाख उत्पादन हुने लक्ष उहाँले लिनु भएको छ । किवी खेतीसंगै अर्को वर्षबाट मनपाहा पालन पनि गर्ने योजना रहेको उहाँ वताउनुहुन्छ ।

दिपक सिंह रुम्वा, जनपत्रबाट साभार ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)