nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा गोल्डकप अपडेटः प्रगतीशिल, धुनिबेशी र ल्यायम्ह पुच: विजयी

sportss-1610532582.jpg

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी थाहा गोल्डकप अन्तर्गत २९ पुसमा भएको खेलमा तीन टिम विजयी भएको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ट्राइबेकरमा न्यु प्रगतीशील युवा क्लबले गोपाली युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ भने दोस्रो खेल पनि ट्राइबेकरमा धुनीबेशी स्पोर्टस धादिङले ऋषेश्वर ११ ‘बी’ लाई ६–५ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै २८ पुसमै भएको तेस्रो खेलमा ल्यायम्ह पुच: मकवानपुर शाखाले संयुक्त युवा क्लब नौबिसे धादिङलाई २–१ गोल अन्तरले पराजित गरी विजयी भएकाे छ ।

नकआउटको आधारमा खेलाइएको प्रतियोगिता थाहा नगरपालिकाको प्रायोजन तथा ऋषेश्वर ११ क्लब थाहा–४ ले आयोजनामा भएको हो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ । 

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ, शिल्ड, मेडल तथा पुरस्कार रहेको आयोजक ऋषेश्वर ११ का सुमन विष्टले जानकारी दिए ।