nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा गोल्डकप अपडेटः ट्राइबेकरमा वनस्खण्डी विजयी

Thahaa-Gold-1610436319.jpg

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी थाहा गोल्डकप अन्तर्गत २८ पुसमा भएको खेलमा वनस्खण्डी फुटबल टिम विजयी भएको छ । वनस्खण्डीले ट्राइबेकरमा ग्रिनभिलेज टिष्टुङ नौखण्डेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

नकआउटको आधारमा खेलाइएको प्रतियोगिता थाहा नगरपालिकाको प्रायोजन तथा ऋषेश्वर ११ क्लब थाहा–४ ले आयोजनामा भएको हो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ । 

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ, शिल्ड, मेडल तथा पुरस्कार रहेको आयोजक ऋषेश्वर ११ का सुमन विष्टले जानकारी दिए ।