nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा राष्ट्रपति रनिङ शुरु, हेर्नुहोस् विद्यालयहरुको स्थान

march-1703431006.jpg

थाहा नगरपालिकाको आयोजनामा ८ पुसबाट राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ । ईन्द्रायणी चौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे । 

नगरस्तरीय खेलकुद विकास समितिका संयोजक टीकाराम स्याङ्तानको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि बिष्टले खेलकुदको माध्यमबाट थाहानगरलाई पर्यटनसँग जोड्न सकिनेमा जोड दिए । उनले आजका विद्यार्थीहरु नै भोलिका अब्बल खेलाडी बनेर थाहानगरलाई राष्ट्रमै चिनाउन सफल हुने विश्वास व्यक्त गरे । 

थाहा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कराते, एथलेटिक्स, कबड्डी, भलिबल लगायतका विधामा छात्र र छात्राबीच छुट्टाछुट्टै प्रतिष्पर्धा भइरहेको छ । 
८ पुसमा भएको प्रतियोगिता

१५ सय मिटर दौड(छात्र)

प्रथम : बागेश्वरी मावि
द्वितीय : झम्केश्वरी मावि
तृतीय : बागेश्वरी मावि

१५ सय मिटर दौड (छात्रा)

प्रथम : जनकल्याण मावि
द्वितीय:  झम्केश्वरी मावि
तृतीय: झम्केश्वरी मावि

छेलो (छात्र)
प्रथम : जनकल्याण मावि
द्वितीय : जनकल्याण मावि
तृतीय : झम्केश्वरी मावि

छेलो (छात्रा)
प्रथम : बागेश्वरी मावि
द्वितीय : सुनौला मावि
तृतीय : सुनौला मावि

ज्याभलिङ थ्रो(छात्र)
प्रथम : बागेश्वरी माबि
द्वितीय :  झम्केश्वरी मावि
तृतीय : जनकल्याण मावि

ज्याभलिङ थ्रो(छात्रा)
प्रथम : मत्स्य नारायण मावि
द्वितीय : मत्स्य नारायण मावि
तृतीय : वागेश्वरी मावि

त्रिपल जम्प (छात्र)
प्रथम : बागेश्वरी मावि
द्वितीय : जनकल्याण मावि
तृतीय : झम्केश्वरी मावि

रिले १००×४ (छात्र)
प्रथम : बागेश्वरी मावि
द्वितीय : झम्केश्वरी मावि
तृतीय : सुनौला मावि

रिले १००×४ (छात्रा)
प्रथम : जनकल्याण मावि
द्वितीय : झम्केश्वरी मावि
तृतीय : सुनौला मावि

मार्चपास
प्रथम : नाट्यश्वर मावि
द्वितीय : जनकल्याण मावि
तृतीय : पालुङ भ्याली हार्ट एकेडेमी

८ सय मिटर दौड (छात्रा)
प्रथम : जनकल्याण मावि
द्वितीय : जनकल्याण मावि
तृतीय : बागेश्वरी मावि

लङजम्प(छात्रा)
प्रथम : वागेश्वरी मावि
द्वितीय :  इअन इंगलिस एकेडेमी
तृतीय : जनकल्याण मावि



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)