nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा चार टिम विजयी

Thahamun-1609827151.jpg

मकवानपुरकाो थाहा नगरस्तरीय दोस्रो उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा चार टिम विजयी भएका छन् । २१ पुसबाट शुरु भएको प्रतियोगितामा  बज्रबाराही टिमले र अध्याय रिट्रिटलाई पराजित गरेको छ भने घर्तीखोला टिमलाई थाहा नगरपालिका ‘बी’ले पराजित गरेको छ । त्यस्तै नेपाल विद्युत प्राधिकरण पालुङका खेलाडी घाइते भएपश्चात थाहा नगरपालिका ‘सी’ लाई वाकओभर दिएको थियो । प्रतियोगितामा ओम नमः शिवायले र थाहा नगरपालिका ‘डी’लाई पराजित गरेको छ । 

१२ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका उपप्रमुख तथा प्रमुख अतिथि खड्ग गोपालीले गरेका थिए । उद्घाटन कार्यक्रममा थाहानगर खेलकुद विकास समितिका अध्यक्ष राजेश केसी विशेष अतिथी रहेका थिए । उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, लेखा अधिकृत विष्णु भुसाल, नेपाल विद्युत प्रमधिकरण पालुङका प्रमुख बिनोद अधिकारीलगायतको आतिथ्यता रहेको थियो । 

थाहा नगरपालिकाको प्रायोजन तथा फरक सोचको समन्वयमा भएको प्रतियोगिता थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको जन्मोत्सवको अवसरमा गतवर्षबाट शुरु भएको हो । 

प्रतियोगिता अन्तर्गत २१ पुस दिउँसो साढे ३ बजे तीन खेल हुने फरक सोच संयोजक यादवजंग रायमाझीले जानकारी दिए । उनका अनुसार  पहिलो खेल अध्याय रिट्रिट ‘बी’ र ओम नमो नमः ट्रेडस, दोस्रो खेल थाहा नगरपालिका ‘बी’ र थाहा नगरपालिका ‘ई’ तथा तेस्रो खेल ॐ नमो शिवाय र नेपाल विद्युत प्राधिकरण ‘ए’ बीच हुने छ । 
खेल व्यवस्थापक फरक सोचले खेलाडीहरुलाई समयमै उपस्थित हुन आग्रह गरेको छ ।