Saturday, 27th July, 2024
वि.स.

थाहानगर उपमेयर कप ब्याडमिन्टनको फाइनलमा यस्तो भयो

badminton-1716464130.jpg

थाहा  नगरपालिकाले आयोजना गरेको पाँचौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आग्रा स्पोर्टस् टिमले चुमेको छ । 

ब्याडमिन्टन संघ थाहानगरको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा ब्याडमिन्टन संघ थाहानगर दोस्रो भयो । आग्रा स्पोर्टसको तर्फबाट नरेन्द्र मोक्तान र देव कुमार अर्यालले खेलेका थिए भने ब्याडमिन्टन संघको तर्फबाट संग्राम खत्री र समराज पाख्रिनले खेलेका थिए । 

प्रतियोगितामा विजेता भएसंगै आग्रा स्पोर्टसले नगद २० हजार, शिल्ड मेडल तथा प्रमाणपत्र पाएको छ । प्रतियोगितामा दोस्रो भएको ब्याडमिन्टन संघ थाहाले नगद १५ हजार, शिल्ड मेडल तथा प्रमाणपत्र पाएको छ । प्रतियोगितामा शिखर क्लब र थाहा नगरपालिकाको टिम सान्त्वना भए । शिखर क्लबको तर्फबाट इशाक केसी र सुभाष थापाले खेलेका थिए भने थाहा नगरपालिकाको तर्फबाट कबिन्द्र वड र नबिन चौधरी खेलेका थिए । सानत्वना टिमले नगद २ हजार ५ सयका दरले पुरस्कारसहित शिल्ड मेडल तथा प्रमाणपत्र पाएका छन् ।

विजेता टिम तथा खेलाडीहरुलाई थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताको प्रथम पुरस्कार थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको ॐ अध्याय रिट्रीटले दोश्रो पुरस्कार च्वाईस नेपालले र सान्त्वना पुरस्कार पालुङ भ्याली हार्ट एकेडेमीले प्रायोजन गरेको थियो । ट्रफी सौजन्य थाहा नगरपालिका वडा नम्बर १० का अर्जुन बस्नेतले गरेका हुन् । ९ जेठबाट शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, एमाले थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीका थाहानगर अध्यक्ष जयराम खत्री, थाहा ७ का वडाध्यक्ष शिवराज थिङ, १२ नम्बर वडाध्यक्ष तथा खेलकु विकास समिति संयोजक टिकारम स्याङ्तान, च्वाइस नेपालका प्रताप घिमिरे, कृषि विकास बैंक पालुङका प्रबन्धक घनश्याम श्रेष्ठ, ब्याडमिन्टन संघ मकवानपुरका उपाध्यक्ष तथा निर्णायक विजयसिंह ठकाुरी सदस्य यादवजंग रायमाझीलगायत खेलाडी तथा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)