Tuesday, 22nd September, 2026
वि.स.

थाहानगरमा भैरहेको अष्टमान स्मृति फुटबलमा पाँच टिमको विजय शुरुवात

Sports-1604757023.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ स्थित ताराखोला खुकरी खेल मैदानमा भैरहेको प्रथम अष्टमान स्मृति अन्तर जिल्ला फुटबल प्रतियोगितामा ५ टिम विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत २२ कात्तिकमा भएको खेलमा ठाडे युवा क्लब टिष्टुङलाई १–० गोल अन्तरले पराजित गर्दै लिति युवा क्लब विजयी भएको छ भने ठाडे (बी)लाई ७–० गोल अन्तर हासिल गर्दै चन्द्रसुर्य युवा क्लब आग्रा विजयी भएको छ । 

त्यस्तै तारुका युवा क्लब थाहा–१२ लाई २–१ गोल अन्तर कायम गर्दै राम्चे युवा क्लब धादिङ विजयी भयो भने बसन्त युवा क्लबलाई डाँडाबास युवा क्लब आग्राले ६–० गोल अन्तरमा पराजित गरेको थियो । २२ कात्तिकमा नै भएको खेलमा तारुका युवाक्लब (ए) थाहा १२ लाई ६–० गोल अन्तरले बाइरोड युवा क्लब धादिङ विजयी हासिल गर्यो । 

लिगकम नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगिता अन्तर्गत २३ कात्तिकको पहिलो खेल आयोजक सृजनशील टोल विकास संस्था र स्याउरी युवाक्लब धादिङबीच हुने ११ नम्बर वडा अध्यक्ष किरणमान बलले जानकारी दिए । ३० कात्तिकमा सम्म संचालन हुने उक्त प्रतियोगिता सृजनशील टोल विकास संस्थाले आयोजना गरेको हो । प्रतियोगितामा मकवानपुर र धादिङका गरी १७ टिमको सहभागिता रहेको छ ।

साविक टिष्टुङ गाविसका पूर्व जनप्रतिनीधि अष्टमान बलको स्मृतिमा खेलाईएको प्रतियोगिताको विजेताले  नगद ४० हजार, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुनेले २५ हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र र तृतिय हुनले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०