Monday, 21st September, 2026
वि.स.

थाहानगरमा उपमेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने

Badminton-Pratiyogita-1609337955.png

थाहा आन्दोलनका प्रणेता स्व. रुपचन्द्र बिष्टको ८७ औं जन्म जयन्ती तथा छैटौं थाहा दिवस २०७७ को अवसरमा थाहा नगरपालिकामा नगरस्तरीय दोस्रो उपमेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

थाहा नगरपालिका तथा थाहानगर खेलकुद विकास समितिको आयोजना र फरक सोचको समन्वयमा ब्याडमिन्टन प्रतियोगिता हुन लागेको फरक सोचका संयोजक यादवजंग रायमाझीले जाननकारी दिए । थाहा नगरपालिकामा गत वर्षबाट शुरु भएको उपमेयर कम प्रतियोगिताको निरन्तरता स्वरुप यो वर्ष पनि खेलको आयोजना गरिएको हो । 

थाहा–४ क्याम्पा डाँडामा २१ पौषबाट संचालन हुने प्रतिगोगिताको टिम दर्ताका लागि आह्वान गरिएको छ । प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद १२ हजार ८ हजार र ४ हजार नगद तथा शिल्ड, मेडल रा प्रमाण पत्र वितरण गरिने प्रतियोगिताको समन्वय संस्था फरक सोचले जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif