nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा उपमेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने

Badminton-Pratiyogita-1609337955.png

थाहा आन्दोलनका प्रणेता स्व. रुपचन्द्र बिष्टको ८७ औं जन्म जयन्ती तथा छैटौं थाहा दिवस २०७७ को अवसरमा थाहा नगरपालिकामा नगरस्तरीय दोस्रो उपमेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

थाहा नगरपालिका तथा थाहानगर खेलकुद विकास समितिको आयोजना र फरक सोचको समन्वयमा ब्याडमिन्टन प्रतियोगिता हुन लागेको फरक सोचका संयोजक यादवजंग रायमाझीले जाननकारी दिए । थाहा नगरपालिकामा गत वर्षबाट शुरु भएको उपमेयर कम प्रतियोगिताको निरन्तरता स्वरुप यो वर्ष पनि खेलको आयोजना गरिएको हो । 

थाहा–४ क्याम्पा डाँडामा २१ पौषबाट संचालन हुने प्रतिगोगिताको टिम दर्ताका लागि आह्वान गरिएको छ । प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद १२ हजार ८ हजार र ४ हजार नगद तथा शिल्ड, मेडल रा प्रमाण पत्र वितरण गरिने प्रतियोगिताको समन्वय संस्था फरक सोचले जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)