nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

डाडाबासको सुन्दरीदेवी मावि जिल्ला भलिवलको उपविजेता

sundaridevi-1642144589.jpg

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगितामा थाहा नगरपालिकाको सुन्दरीदेवी मावि उपविजेता भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौरमा ३० पुसमा बकैया गाउँपालिकाको महेन्द्र माविसँग फाइनलमा भिडेको सुन्दरदेवी उपविजेता भएको हो । 

फाइनलमा सुन्दरीदेवी माविलाई महेन्द्र माविले २५–२२, २५–२३ र २५–१८ अन्तरले उपविजेतामा सीमित गरिदिएको थियो । सेमीफाइनलमा मकवानपुरगढी गाउँपालिकाको जनता माविलाई पराजित गर्दै सुन्दरीदेवी मावि फाइनलमा प्रवेश गरेको थियो । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालयको टिम सहभागिता रहेको थियो । 

प्रतियोगितामा विजेताले २५ हजार रुपैयाँ तथा उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)