Monday, 21st September, 2026
वि.स.

डाँडाबास भलिबल : फाइनलमा यी दुई टिम भिड्दै

FB_IMG_1731162350956-1731-1731165077.jpg

थाहा नगरपालिकाको डाँडाबासमा जारी थाहा र कैलाशको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको  फाइनलमा आयोजक सल्ले राम्चे युवा क्लब र खेलकुद बिकास समिति थाहा २ पुग्न सफल भएका छन् । 

आज सेमिफाइनल खेलकाे समीकरण पूरा भएकाे प्रतियोगिताक संयोजक सुजिन्द्र गोलेले जानकारी दिए ।

सेमिफाइनलमा आयोजक ए ले ससक्त युवा क्लब रातो थाहा ७ लाई र थाहा २ ले थाहा ५ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको तेस्रो स्थानको लागि ससक्त र थाहा ५ बिच २५ गते बिहान खेल हुनेछ भने फाइनल खेल १२ बजे हुने जनाइएको छ।

प्रतियोगितामा प्रथम हुनेले ५१ हजार १ सय ५१,दोस्रो हुने टिमले ३१ हजार १ सय ३१ र तृतीय हुने टिमले १३ हजार १ सय १३ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र बिधागत तर्फ उत्कृष्ट हुने खेलाडिहरुलाई पनि नगद र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif