Saturday, 6th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

टिष्टुङका पुर्व जनप्रतिनीधि बलको स्मृतिमा फुटबल प्रतियोगिता शुरु

IMGL0572-1604678510.JPG

थाहा नगपालिका वडा नम्बर ११ ले जनप्रतिनिधिको आजीवन स्मृतिमा खेलकुद प्रतियोगिता शुभारम्भ गरेको छ । वडा नम्बर ११ मा क्रियाशील सृजनशील टोल विकास विकास समितिमार्फत् अष्टमान बल स्मृति कप फुटबल प्रतियोगिता २१ कात्तिकमा शुरु गरेको हो । 

स्थानीय सिर्जनशील टोल विकास संस्थामार्फत् संचालन गरिएको अष्टमान बल स्मृति कप फुटबल प्रतियोगिता यो पहिलोपटक हो । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले प्रथम फुटबल कप प्रतियोगिताको उद्घाटन गरे प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख विष्टले स्वर्गीय अष्टमान बलको सामाजिक एवम् राजनीतिक योगदानको चर्चासमेत गरेका थिए । 

आयोजक संस्थाका अध्यक्ष विक्रम गोलेको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, जिल्ला बडी बिल्डर्स संघका अध्यक्ष सुनिल लोप्चन लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

३० कात्तिकसम्म संचालन हुने प्रतियोगितामा मकवानपुर र धादिङका गरी १७ टिमले भाग लिएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०