Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

जिल्ला स्तरीय भलिबलको उपाधि बज्रवाराहीलाई

स्वार्गिय केशवलाल स्मृति दोश्रो जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मकवानपुरको थाहानगर स्थित बज्रवाराही क्लबले हात पारेको छ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हटियाको नेपाल चौरमा ८ असोजमा भएको फाइनल प्रतियोगितामा बज्रबारहीले आयोजक हटिया स्पोर्टस एकेडेमीलाई पराजित गर्दै जित हासिल गरेको हो । 
उपाधि जितेसँगै बज्रबारहीले नगद ६० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ भने उपविजेत आयोजक हटिया स्पार्टस ले ३० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितमा वेष्ट ब्लकर बज्रबारहीका सुनिल श्रेष्ठ, वेष्ट सटर हटिया स्पोर्टस एकेडेमीका उमाकान्त चौधरी, वेष्ट स्पाइकर वज्रबारहीका वलराम सुवेदी, वेष्ट कोच बज्रबारहीका राजन श्रेष्ठ तथा  वेष्ट प्लेयर हटियाका विवस आलेमगर घोषित भए ।
पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सीना, शिक्षासेवी पुरनबहादुर जोशी, शिवम सिमेन्टका मोहनलाल कर्ण लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम एकेडेमीका अध्यक्ष छवि सुवेदीको सभाध्यक्षतमा भएको थियो । 
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg