thahatimes-ad-thekka-1731652826.jpg
Tuesday, 21st January, 2025
वि.स.

जिरी भलिवल : कमलामाईलाई पराजित गर्दै थाहानगर सेमिफाइनल प्रवेश

IMG_20231103_122707-1699070028.jpg

दाेलखाकाे जिरीमा जारी भलिवल च्याम्पियनसिपमा थाहा नगरपालिकाकाे टिम सेमिफाइनल प्रवेश गरेकाे छ ।

आज १८ कात्तिकमा केहीबेरअघि सम्पन्न क्वाटरफाइनल चरणकाे खेलमा सिन्धुलीकाे कमलामाई नगरपालिकालाई हराउँदै थाहा नगरपालिका सेमिफाइनल प्रवेश गरेकाे हाे ।

कमलामाईसँगकाे क्वाटरफाइनल खेल हिजाे साँझ नै भएकाेमा अँध्यारो भएकाे भन्दै स्थगित भएकाे थियाे । खेल्दाखेल्दै कमलामाईकाे टिमले काेर्ट छाेडेपछि खेल राेकिएकाे थियाे ।

सेमिफाइनल खेल आजै हुनेछ । खेल अवलाेकनकाे लागि थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट जिरी पुगेका छन् ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०