nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चाडपर्व विशेष ५ उत्कृष्ट फोटो छानियो

1

नेपाल पर्यटन बोर्डले चाडपर्व विशेष उत्कृष्ट पाँच फोटो छनोट गरेको छ । दशैंतिहार र छठ जस्ता मुख्य चाडपर्वलाई लक्षित गर्दै बोर्डले चलाएको चाडपर्व विशेष फोटो प्रतियोगितामार्फत उत्कृष्ट ५ फोटोहरु छानिएको हो ।बोर्डमा परेका कुल ६८७ फोटोहरु मध्ये मिथुन कुँवर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोहरु बोर्डको उत्कृष्ट ५ फोटोमा परेका छन् । विजेता फोटोग्राफरहरूलाई जनही दश हजारका दरले नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ । 

2

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘फोटोग्राफरहरूको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटलाई अनुभूत गराई फोटो मार्फत देशको पर्यटन प्रबद्र्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताएका छन् । चाडपर्वको समयमा विगतका दिनहरुमा जस्तो आत्मीयहरुसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकरात्मकता र केही सृजनशीलता सम्मिश्रण गराई चाडपर्वको रौनक अनुभूत गराउने उद्देश्यले पर्यटन बोर्डले चाडपर्व विशेष फोटो प्रतियोगिता सञ्चालन गरेको र यसमा आम सर्वसाधारणहरूको उल्लेखनीय सहभागिता रहेको सिइओ रेग्मीले बताए । 

3

कोभिड–१९ को संक्रमण र सन्त्रासकाबीच मनाइएको यस वर्षको दशैंतिहार जस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै विभागले चाडपर्व विशेष फोटो पठाउन सर्वसाधारण नागरिक सबैमा आहान गरेको थियो । नेपाल पर्यटन बोर्डले पाँच वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल फोटो प्रदर्शनी गर्दै आएको छ । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो । 

बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी पाँच वर्षदेखि विभिन्न स्थानहरुमा र अनलाइन रुपमा भइरहेको छ । यस अभियानलाई अझ ब्यापक बनाउन बोर्डले फोटो नेपाल डट ट्राभल समेत सुरु गरेको छ ।  हाल सो वेवसाइटमा ११ हजार बढी सदस्यहरूका २५ हजार फोटोहरु संग्रहित रहेको र इच्छुक जो कोहीले सोसियल एकाउन्टबाट सिधै रजिष्टार हुन सक्ने समेत बोर्डले जनाएको छ ।

4

5

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)