nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ग्याङस्टार कैलाश र इन्द्रसरोवर थाहा गोल्डकपको फाइनलमा

Ganes-1610975071.jpg

दोस्रो थाहा गोल्डकप खुल्ला फुटबल प्रतियोगितामा ग्याङस्टार कैलाश गाउँपालिका र इन्द्रसरोवर गाउँपालिका फुटबल टिम फाइनलमा प्रवेश गरेका छन् । 

 मकवानपुर थाहा नगरपालिका इन्द्रायणी चौरमा भैरहेको प्रतियोगितामा ग्याङस्टारले एप.सि. डाँडाबासलाई १—० गोल अन्तरले पराजित गर्दै र आयोजक ऋषेश्वर ११ ‘ए’ लाई ट्राइबेकरमा ५–४ गोल अन्तर पराजित गर्दै इन्द्रसरोवर फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल ६ माघ मध्यान्ह १२ बजे हुने आयोजक ऋषेश्वर ११ का खेल संयोजक सुमन बिष्टले जानकारी दिए । 

थाहा नगरपालिकाको सहयोग तथा ऋषेश्वर ११ क्लब थाहा–४ को संयोजनमा भएको प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ, शिल्ड, मेडल तथा पुरस्कार पाउने छन् । प्रतियोगितामा विभिन्न जिल्लाका गरी ३२ टिमको सहभागिता रहेको थियो ।