Monday, 21st September, 2026
वि.स.

कैलाशलाई रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि

१७ औं रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि मकवानपुरको कैलाश गाउँपालिकाले जितेको छ ।

जिल्लामा पहिलो पटक शहिद रुद्र पाख्रिन स्मृति पार्कको आयोजनामा मकवानपुरगढी गाउँपालिकास्थित फुटसल मैदानमा ५  माघमा भएको अन्तिम प्रतिस्पर्धामा आयोजक टिमलाई ट्राइब्रेकरमा १–० गोल अन्तरले हराउँदै कैलाशले उपाधि जितेको हो । कैलाशको लागि उमेश थिङले निर्णाय गोल गरेका थिए । उपाधि चुमेसँगै कैलाशले १ लाख रुपैयाँ र शिल्ड, मेडल प्राप्त गरेको छ ।

आयोजक टिमले दोस्रो स्थानमा चित्त बुझाउदै ५० हजार रुपैयाँ र मेडल प्राप्त गरेको छ । विजेता र उपविजेता खेलाडीहरुलाई बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, मकवानपुरगढी गाउँपालिकाकी कार्यपालिका सदस्य मानकुमारीक नेपाली, ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे,प्रतियोगिता संयोजक भीम पाख्रिनले पुरस्कार बितरण गरे ।

२८ पुसबाट सुरु प्रतियोगितामा मकवानपुरका सबै १० वटै स्थानीय तहको फुटसल टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक पाख्रिनले बताए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif