nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कैलाशलाई रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि

१७ औं रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि मकवानपुरको कैलाश गाउँपालिकाले जितेको छ ।

जिल्लामा पहिलो पटक शहिद रुद्र पाख्रिन स्मृति पार्कको आयोजनामा मकवानपुरगढी गाउँपालिकास्थित फुटसल मैदानमा ५  माघमा भएको अन्तिम प्रतिस्पर्धामा आयोजक टिमलाई ट्राइब्रेकरमा १–० गोल अन्तरले हराउँदै कैलाशले उपाधि जितेको हो । कैलाशको लागि उमेश थिङले निर्णाय गोल गरेका थिए । उपाधि चुमेसँगै कैलाशले १ लाख रुपैयाँ र शिल्ड, मेडल प्राप्त गरेको छ ।

आयोजक टिमले दोस्रो स्थानमा चित्त बुझाउदै ५० हजार रुपैयाँ र मेडल प्राप्त गरेको छ । विजेता र उपविजेता खेलाडीहरुलाई बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, मकवानपुरगढी गाउँपालिकाकी कार्यपालिका सदस्य मानकुमारीक नेपाली, ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे,प्रतियोगिता संयोजक भीम पाख्रिनले पुरस्कार बितरण गरे ।

२८ पुसबाट सुरु प्रतियोगितामा मकवानपुरका सबै १० वटै स्थानीय तहको फुटसल टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक पाख्रिनले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)