nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कर्मचारी समायोजनबारे मेयर-मन्त्री घम्साघम्सी हेर्नुहोस, भिडियो

संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा स्थायी रूपमा कर्मचारी व्यवस्थापन गर्ने कार्य अर्थात् कर्मचारी समायोजनको औपचारिक प्रक्रिया पुरा भइसकेको छ तर यसको बहस भने अझै चरम उत्कर्षमै छ ।

पछिल्लो समयमा सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई स्थानीय तहले हाजिर नगराई फिर्ता पठाएको घटना पछि स्थानीय तह र संघीय सरकारबिचको द्वन्द्व सतहमा आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा मङ्गलवार राजधानीस्थित होटेल एलो पगोडामा सञ्चालित ‘संघीय पद्धति सुदृढीकरणमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको भूमिका’ विषयक कार्यक्रममा गाउँ पालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु(श्रेष्ठ) र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बिचको घम्साघम्सीले पनि यही पुष्टि गरेको छ ।

हेर्नुहोस् प्रशासन डटकमबाट साभार कर्मचारी समायोजनका सन्दर्भमा  मेयर ब्याञ्जुको प्रश्न तथा असन्तुष्टि बारे मन्त्री पण्डितको जवाफ तथा स्पष्टोक्ति:

  प्रशासन डटकमबाट साभार