Wednesday, 16th September, 2026
वि.स.

कक्षा १० को अन्तिम मुल्याङकन कार्यविधि आज बुझाउँदै

examination-bord-1592819595.jpg

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । मन्त्री परिषद्को बैठकले  कोभिड–१९को कारण यो वर्ष स्थगित एसईई परीक्षाको अन्तिम मुल्याङकन विद्यालयबाट गर्ने निर्णय गरेपछि बोर्डले सदस्य सचिव अर्यालको संयोजकत्वमा तीन सदस्य समिति बनाएको थियो ।

समितिले अन्तिम मुल्याङकनको कार्यविधि तयार गरिरहेको छ । कार्यविधिमा ऐनमा उल्लेख भएअनुसार पहिलो त्रैमासिकको १०, दोस्रोको ३०  र अन्तिम परीक्षाको ६० प्रतिशत मुल्याङकनको आधारमा प्राप्ताङक दिन उपयुक्त हुनेगरी कार्यविधि तयारी गरेको छ । कार्यविधिमा पाठ्यक्रम बाहेक मुल्याङकन गर्न नमिल्ने गरी तयारी भैरहेको छ ।

सरकारले सेन्टअप परीक्षा नलिन निर्देशन दिएपछि  कसरी मुल्याङकन गर्ने रु भन्ने विषयमा अन्योलमा रहेका अवस्थामा विद्यालयले त्रैमासिक परीक्षाको आधारमा अन्तिम मुल्याङकन गर्नेगरी तयारी भैरहेको छ ।

स्रोतका अनुसार अन्तिम परीक्षा नलिएका विद्यालयमा कसरी मुल्याङकन गर्ने भन्ने विषयमा समस्या देखिने भएको छ । यही अवस्था भए विद्यालयले हचुवाको भरमा नम्बर दिने भएका छन् । बोर्डले मन्त्री परिषद्ले गरेको निर्णयको आधारमा छोटो कार्यविधि बनाउने भएको छ । कार्यविधिमा विद्यार्थीको प्राप्ताङक राख्ने अधिकार प्रधान अध्यापकलाई मात्र नदिएर सानो समिति बनाउन सुझाव दिने भएको छ ।

कार्यविधिमा नम्बर इन्ट्री कस्ले गर्ने, भन्ने विषयमा निर्णय हुन बाकी छ । समितिले विद्यालय, शिक्षा विकास समन्वय इकाइ वा परीक्षा नियन्त्रण कार्यालय मध्य कस्ले गर्ने, भन्ने विषयमा छलफल जारी राखेको छ । समितिले केन्द्रलाई झन्झटिलो हुनेभएपछि नम्बर इन्ट्रिको जिम्मा विद्यालयलाई नै दिने तर्क अघि सारेका छन् ।

बोर्डले बोर्डका सदस्य सर्जन जोशी र एसईई परीक्षा नियन्त्रक रामराज खकुरेल सदस्य रहेको तीन सदस्यीय समिति बनाएको थियो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले कार्यविधि तयार भएपछि सबैलाई जानकारी हुने बताए ।

अन्तिम तयारीमा रहेको कार्यविधिमा कसरी टुङग्याउने भन्ने विषयमा  अझै निर्णयकै क्रममा रहेको बोर्डको भनाई छ । संयोजक दुर्गा अर्यालले प्रतिवेदन अन्तिम तयारीको क्रममा रहेको बताए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif