Saturday, 24th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

ओलीको नयाँ प्रस्ताव, ‘५ विकास क्षेत्रलाई ५ प्रदेश बनाऔँ’

काठमाडौँ / अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर–दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन् ।

आफूलाई भेट्न आएका पूर्वसांसद् क्लबका प्रतिनिधिहरुसँग बालकोट निवासमा बुधबार छलफल गर्दै ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने जिकिर गरेका हुन ।

ओलीको भनाईमा समर्थन जनाउँदै पूर्व सांसद्हरुले पहिलो संविधानसभामा आफूहरुले मुलुक धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानी मात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार गरेको जानकारी गराएका थिए ।

ओलीले सरकारले पेश गरेको संविधान संशोधनको विधेयक संसद्मा अल्पमतमा परिसकेको दाबी पनि पूर्वसांसद्हरुँग गरे ।उनले एमाले नयाँ वा पुरानो दुवै स्थानीय चुनावका लागि तयार रहेको बताउँदै प्रधानमन्त्री नै निर्वाचन भाँड्न लागेको आरोप लगाए ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg