nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती गोल्डकप: मकवानपुर-११ पराजित, एपीएफ विजयी

banner__1616934473-1616935848.jpg

मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप विजयी भएको छ । १५ चैतमा भएको खेलमा एपीएफ काठमाडौले रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ लाई २:० गोलले पराजित गर्दै एपीएफ बिजयी भएको छ ।

जनता माबिको खेल मैदानमा भएको पहिलो हाफको खेलमा दुबै टोलीबाट गोल हुन नसक्दा बराबरीमा रोकिएको थियो । शुरुवाती समय देखिनै दबाबमा राखेको मकवानपुर-११ले खेलको १६ औं र २२ औं मिनेटमा अवसर पाएको थियो । तर, उक्त मकवानपुरका जर्सी नम्बर ११ का बिश्व लामाले दिएको पास जर्सी नम्बर ७ का खेलाडी बिजय बिकको प्रहारलाई गोल रक्षक राजु योगिले उत्कृष्ट बचाउ गरेका थिए ।

फोटो: रुपक कालिराजत्यस्तै एपीएफका जर्सी नम्बर ७ का प्रदीप लामाले राम्रो अबसर पाए पनि सदुपयोग गर्न सकेनन् । थप गरेको ४ मिनेटमा एपीएफले पुन राम्रो अवसर पाएको थियो । तर, उक्त अवसर सदुपयो गर्न नसक्दा पहिलो हाफ गोल रहित सकिएको थियो । दोस्रो हापको २६ औं मिनेटमा एपीएफका जर्सी नम्बर ७ का प्रदीप लामाले गोल गर्दै टीमलाइ अग्रता दिलाएका थिए । एपीएफकै तर्फबाट जर्सी नम्बर ३ का मान बहादुर रानाले खेलको ४५ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेको हो । एपीएफसङ्ग मकवानपुर-११ पराजित हुँदा मकवानपुर टिम मात्रै होइनन् समर्थक समेत निराश भएका थिए । दोस्रो हाफमा थप २ मिनेट थप गरिएको थियो सो थप समय समेत मकवानपुरले सदुपयोग गर्न सकेनन् ।

फोटो: रुपक कालिराजखेलको म्यान अफ दि म्याच जर्सी नम्बर ७ क प्रदीप लामा घोषित भएका छन् । उनले पुरस्कार स्वरुप नगद ५ हजार समेत प्राप्त गरे । प्रतियोगिता अन्तरगत १६ गते सोमबारको खेल बिर्तामोड युनाइटेड झापा र अफ्रीकन रुष्ट यसोसियशन बीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ । नगद १ लाखबाट सुरु गरिएको यो खेलमा समयसापेक्ष पुरस्कार राशि बढाउदै आएको छ ।

फोटो: रुपक कालिराजप्रतियोगिताको पुरस्कार राशि यसवर्ष केही बढाइएको छ । गतवर्ष बागमती गोल्डकपको तेस्रो संस्करणको विजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गरेका थिए । उपविजेता हुने समूहले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए । बागमती गाउँपालिका खेलकुद विकास समितिले गत वर्षको तुलनामा प्रथम पुरस्कारमा २ लाख र द्वितीय पुरस्कारमा १ लाख रुपैयाँ थप गरेको हो । स्थानीय खेलाडी उत्पादन गर्ने र उनीहरुको सीप र कौसलतालाई प्रोत्साहन गर्ने मुख्य उदेश्यले प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको खेलकुद बिकास समितीका अध्यक्ष भिम राइले बताए । तेस्रो बागमती गोल्ड कपको उपाधी र दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले पोल्टामा पारेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)