Monday, 21st September, 2026
वि.स.

उत्तरी मकवानपुरको एकीकृत योजना आवश्यक: बर्तौला

Screenshot_2024-01-15-22-1705335400.jpg

नेकपा (एमाले)का सचेतक एवम् मकवानपुर २ बाट निर्वाचित साँसद महेश बर्तौलाले उत्तरी मकवानपुरको पर्यटन बिकासका लागी एकीकृत योजना निर्माण गर्नुपर्ने बताएका छन् । सोमबार थाहा नगरपालिका ९, चित्लाङ माझगाउँमा स्वच्छन्द भैरव युवा क्लबले आयोजना गरेको २७ औं जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिताको समापनमा प्रमुख अतिथि बर्तौलाले पर्यटन बिकासको एकीकृत योजना बनाउनु पर्नेमा जाेड दिएका हुन् ।

सांसद बर्तौलाले मकवानपुरको उत्तरी क्षेत्र कृषि र पर्यटनको लागि प्रख्यात हुन थालेको वताउँदै यसैलाई जनताको समृद्धिको मुल आधारको रुपमा बिकास गरिनुपर्ने उल्लेख गरे । बर्तौलाले अघि भने "थाहा, भीमफेदी, इन्द्रसरोवर र कैलाशको माथिल्लो भेगलाई समाबेश गरेर पर्यटन करिडोरको अवधारणा बनाएर एकीकृत पर्यटन बिकासको लागि योजमा बनाउनुपर्छ र यसैले उत्तरी मकवानपुरमा समृद्धि ल्याउछ ।"

उक्त रनिङ शिल्ड भलिबल प्रतियोगिताम फाइनल खेलबाट बिनयबाबु स्मृति प्रतिष्ठान, पालुङले बिजय हासिल गरेको छ भने छहारी युवा सेवा समाज, हेटौंडा दोस्रो भएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif