nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आजबाट मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिता, बीस टिमको सहभागिता रहने

Sports-1479949802.JPG

थाहानगरको इन्द्रायणी खेल मैदानमा आजबाट मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिताको शुरु हुँदैछ । युवा तथा खेलकुद विकास समिति थाहा नगरपालिका वडा नम्बर ८ को आयोजनामा प्रतियोगिता शुरु हुन लागेको हो । उत्तरी क्षेत्रको २० टिम प्रतियोगिताको लागि दर्ता भएको अध्यक्ष अनित विष्टले विकासखबरलाई जानकारी दिए । प्रतियोगिता नक आउटको आधारमा खेलाईने छ । 

मंसीर १४ गतेसम्म संचालन हुने आयोजक तथा खेलकुद विकास समितिले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको छ । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जानकारी दिइएको छ ।

प्रतियोगिताको आज विहान ११ बजे इन्द्रायणी खेल मैदानमा उद्घाटन हुँदैछ ।