nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अस्ट्रेलियासँग नेपाल ३-० ले पराजित

rohit-1162021065802-1000x-1623461877.jpg

विश्वकप-२०२२ को एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपाल २८ जेठमा अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको जबर अल अहमद इन्टरनेसल स्टेडियममा भएको खेलमा नेपालले पूरा दोस्रो हाफ १० खेलाडीमा सीमित रहेर खेल्नु परेको थियो ।

 

समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले सातौं मिनेटमा म्याथ्यु लेकीको गोलले अग्रता लिएको थियो । उनले हेडबाट गोलको खाता खोले । उनकै पासमा फ्रान कारसिचले ३८ औं मिनेटमा दोस्रो गोल थपे ।


मार्टिन बोएलले ५७ औ मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफको अन्त्यमा नेपालले रोहित चन्दलाई गुमाएको हो । बोएलमाथिको फलका कारण रोहितलाई रेफ्री अहमद अबुले रातो कोर्ड देखाएका थिए ।

गोल गर्ने अवस्थामा रहेका बोएलमाथि फल गरेपछि रोहितलाई रातो कार्ड देखाइएको हो । यस्तोमा नेपाल दबाबमा परेको थियो । नेपाली खेलाडीमध्ये कप्तान तथा गोलरक्षक किरण लिम्बू निकै ब्यस्त रहे र उनले विशेषत: दुवै हाफमा केही उत्कृष्ट बचाउ गरे ।

नेपालका लागि सुरज ठकुरी, कमल थापा र आयुश घलानले डेब्युको अवसर पाए । तीनै खेलाडीलाई दोस्रो हाफको इन्ज्युरी समयमा मैदानमा प्रवेश गर्न दिइएको थियो ।

छनोटमा अस्ट्रेलियाको यो लगातार सातौं जित हो र १४ अंकमा शीर्ष स्थानमा छ । अस्ट्रेलियाको क्यानबेरामा भएको छनोटको पहिलो लिगमा नेपाल ५–० ले पराजित भएको थियो ।

नेपालको भने यो छैटौं हार हो । नेपाल दुई जितबाट ६ अंकसहित पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा रहेको छ । अब नेपालले एसियाकप छनोटको तेस्रो चरण अथवा प्लेअफ खेल्नेछ ।

नेपाल कुवेतमा यसपल्ट भएका छनोटका तीन खेलमध्ये एकमा विजयी रह्यो भने दुईमा पराजित रह्यो । यी तीनै खेल नेपालले आफ्नो घरेलु मैदानमा खेल्नु पर्नेमा कोभिड महामारीका कारण तटस्थ भूमिका रूपमा सारिएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)