nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अन्तरपालिका फुटबल प्रतियोगितामा थाहानगरको जित

Thaha1-1638798783.jpg

थाहा नगरपालिका फुटबल टिमले मकवानपुरगढी गाउँपालिकालाई पराजित गरेको छ । २० मंसिरमा हेटौंडामा भएको अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगितामा थाहानगरले मकवानपुरगढीलाई ०–४ गोल अन्तरले पराजित गरेको हो । 

मकवानपुर गढी विरुद्ध थाहानगरको तर्फबाट राजन गोलेले ३ र सन्देश बलले १ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगिताका म्यान अफ द म्याच थाहानगरका राजन गोले घोषित भए । उनलाई जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले ट्रफी हस्तान्तरण गरे । 

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा विधागत अन्य उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ३÷३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

हेटौंडाको हुप्रचौरमा भैरहेको प्रतियोगितामा मकवानपुरका १० वटै पालिकाको फुटबल टिमको सहभागिता रहेको छ । नकआउटका आधारमा संचालन भएको प्रतियोगिताको २५ मंसिरसम्म संचालन हुनेछ । प्रतियोगिता १८ मंसिरबाट शुरु भएको हो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)