nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘बहुदलिय कम्युनिष्ट खास ठग हो’
शम्भु “अल्पविराम” अधिकारी

Alpabiram-1584284247.jpg

एउटा कम्युनिष्ट पार्टी सामाजिक रुपान्तरणको अगुवा शक्ति हो । यसको लक्ष्य साम्यवाद एउटा वर्गविहिन पूर्ण स्वाधिन मानव समाजको स्थापना हो । अहिलेको चरणमा पनि जनताको मुक्ति, जीवन स्थितीमा सुधार र सामाजिक  परिवर्तन नै यसको लक्ष्य हो । अर्को शब्दमा कम्युनिष्ट पार्टी र आन्दोलनको लक्ष्य नै जनता हो । लक्ष्यप्रति समर्पित हुनु भनेको जनतालाई केन्द्रविन्दुमा  हो । यसरी व्यक्तिगत रुपमा एउटा कम्युनिष्टको निजी उद्धेश्य केहि पनि हुने छैन र जनतानै सबथोक हो । त्यसैले जनताबाट अलग्गियको चिन्तन र    व्यवहारबाट भड्काउ मात्र पैदा हुन्छ । यो कुरा हर हमेसा हाम्रो सोच र व्यवहारको केन्द्रमा रहनुपर्छ की एउटा कम्युनिष्ट पार्टीले आफुलाई जनताबाट अलग गर्नु भनेको उसको जीवनको अन्त्य हो ।

एउटा कम्युनिष्ट पार्टी बाह्य जगतका खराब असरहरुसँग संघर्ष गर्दै आफुलाई अगुवा क्रान्तिकारी पार्टीको रुपमा विकास गर्न सक्दछ । पार्टीले तय गरेको कार्यदिशा अगाडि बढाउन दृष्टिकोण र सैद्धान्तिक स्पष्टता दोहोरो जीवनको अन्त्य गरेको, पूर्ण समरपित नेतृत्व, पेशेवर क्रान्तिकारीहरुको डकचा हुनुपर्छ ।  माक्र्सवादी संगठनात्मक पद्धतीमा सामुहिक नेतृत्वको ठूलो महत्व छ । क्रान्तिकारी आन्दोलनको अगुवाई गर्न निष्पक्षपूर्ण समर्पण आवश्यक हुन्छ ।  सर्वहाराकरणको एउटा मापदण्ड गैह्न सर्वहारा जीवन पद्धतीको अन्त्य हो । सर्वहारा वर्गको अगुवा स्वयं सर्वहाराकृत हुनु आवश्यक छ । व्यक्तिसँग व्यापक ज्ञान भण्डार र सुन्दर दस्तावेजहरु त बन्न सक्लान तर नेतृत्व निष्टापूर्वक समर्पित छैन भने उसको जीवनमा क्रान्ति बाहेकका विकास वादी रहन्छन भने उसले विश्वास आर्जन गर्न सक्दैन । यस्तो नेतृत्वबाट क्रान्ति निर्णायक उचाइमा पुग्न सक्दैन । त्यसैले व्यक्तिमात्र होइन सामुहिक रुपमा यस्तो नेतृत्व पैदा नभै एउटा कम्युनिष्ट पार्टी मोटो अर्थमा क्रान्तिकारी कम्युनिष्ट पार्टी न भनियता तर सर्वहारा वर्गको अगुवा बन्न असम्भव हुनेछ ।

कम्युनिष्ट घोषणापत्र, पेरिस कम्पनका शिक्षा तथा रुसी एवं चिनिया क्रान्तिहरु र विभिन्न अवसरवादी धारा विरुद्धका संघर्षमा आश्रित ज्ञान भण्डारबाट प्राप्त तथा संष्लेशीत सैद्धान्तिकृत आधारभुत सिद्धान्तप्रति  प्रतिवद्धता विना एउटा कम्युनिष्ट पार्टी सर्वहारावर्गको अगुवादस्ता बन्न सक्दैन । साथै एउटा कम्युनिष्ट पार्टी चुस्त तैयारी अवस्थामा र जुनसुकै समयमा सकुशल परिचालित हुनसक्ने, स्वगतीमा सवै निकायहरु क्रियाशील रहेको तथा वर्ग युद्धलाई अगुवाई गर्नसक्ने जुझारु क्षमताको  पार्टी बन्न सक्नुपर्छ । 

 क्रान्ति वाहेक कुनै पनि पेशा वा व्यावसायिक आधार नभएको, राजनीति र क्रान्ति मात्रलाई पेशा बनाएका क्रान्तिकारी कार्यकर्ता हो, तर हाम्रामा भने व्यापारी, ठेकेदार गुण्डा आदी पार्टीमा छन् । यस्ता पेशेवर क्रान्तिकारीहरुको दस्ताविना पार्टीको सबै नीति     र योगदानहरु व्यवहारमा लागु हुन   सक्दैन । त्यसैले लाइन सहिमा भएर हुदैन सहि नेतृत्व र नीति मात्र भएर पनि हुँदैन, पेशेवर क्रान्तिकारी कार्यकर्ताको अभावमा क्रान्तिलाई निर्णायक उचाइमा पु¥याउन सम्भव छैन ।

वर्गिय दृष्टिकोण विना वर्ग आन्दोलन चल्न सक्दैन त्यस्तै माक्र्सवादका आधारभुत शैदान्तिक सवालहरुमा प्रष्ट नभएर एउटा व्यक्ति माक्र्सवादी वन्न सक्दैन । नाम भने कम्युनिष्ट पार्टी राख्ने तर वर्ग संघर्ष र वर्गीय अधिनायकत्व बारे भ्रम श्रृजना गर्ने, सर्वहारा अधिनायकत्वको ठाँउमा बहुलवादको अभ्यास गर्ने, वर्ग संघर्षको उच्चतम रुपलाई इन्कार गर्ने, कम्युनिष्ट पार्टीका संगठनात्मक सिद्धान्तलाई लात हानेर मास पार्टी वनाउने, क्रान्तिको औजारको रुपमा पार्टीको भुमिकालाई कमजोर पार्ने, द्धन्तात्मक भौतिकवादको ठाँउमा अधिभुतवादको अभ्यास गर्ने र गैह्र माक्र्सवादी विचार दृष्टिकोणलाई स्वीकार गर्ने कुनैपनि पार्टी कम्युनिष्ट पार्टी बन्न सक्दैन । त्यसैले सर्वहारा वर्गिय दृष्टिकोण र माक्र्सवादका आधारभुत सैद्धान्तिक प्रस्थापनाहरुलाई छाडेर संसोधन गरेर होइन कि ठिक ढंगले बुझेर पक्रेर    व्यवहारमा लागु गरेमात्र सहिढंगले कम्युनिष्ट पार्टी बनाउन सकिन्छ ।   सर्वहारा वर्ग र माक्र्सवादी चेतनाको योग नै कम्युनिष्ट पार्टी हो । दक्षिणपंथी    अवसरवादीहरुले यदी संगठनात्मक मान्यतालाई संसोधन गर्दै आफ्नो पार्टीलाई जनपार्टी वा सर्व साधारण जनताको पार्टीमा परिणत गरेका छन् ।

कम्युनिष्ट घोषणापत्र, पेरिस कम्पनका शिक्षा तथा रुसी एवं चिनिया क्रान्तिहरु र विभिन्न अवसरवादी धारा विरुद्धका संघर्षमा आश्रित ज्ञान भण्डारबाट प्राप्त तथा संष्लेशीत सैद्धान्तिकृत आधारभुत सिद्धान्तप्रति प्रतिवद्धता विना एउटा कम्युनिष्ट पार्टी सर्वहारावर्गको अगुवादस्ता बन्न सक्दैन । साथै एउटा कम्युनिष्ट पार्टी चुस्त तैयारी अवस्थामा र जुनसुकै समयमा सकुशल परिचालित हुनसक्ने, स्वगतीमा सवै निकायहरु क्रियाशील रहेको तथा वर्ग युद्धलाई अगुवाई गर्नसक्ने जुझारु क्षमताको पार्टी बन्न सक्नुपर्छ । कम्युनिष्ट पार्टीको केन्द्र जनता हुन माओले जनताको सेवा गर भन्ने कुरालाई प्राथमिकता दिनु भएको छ र वहाँको भनाईमा कम्युनिष्ट पार्टीका लागि फलामे किल्ला भनेका जनता नै हुन, अत ः नीति, योजना तथा कार्यकर्ता विन्यास सवै जनाधारित हुनु आवश्यक छ । तर के ने.क.पा.ले यसरी सिद्धान्त निष्टता, जुझारुपन र जनआधारित मापदण्डलाई गम्भिरता पूर्वक लिएको छ ? आम क्रान्तिकारी कार्यकर्ताले सोच्ने बेला आएको छ । हैन भने रुपचन्द्र विष्टले भने झै बहुदलिय कम्युनिष्ट खास ठग हो, भन्ने भनाई हाम्रा लागि सार्थक हुन पुग्छ ।