nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘घुम्न आएका अतिथिको सम्मान, भ्रमण वर्ष २०२० को साझा आह्वान’

harihk-1581433927.jpg

आर्थिक विकास, सामाजिक एकीकरण र आवद्धताको माध्यम पर्यटन हो । विभिन्न अध्ययनले आर्थिक वृद्धि र पर्यटन उद्योग बीचमा सकारात्मक सम्बन्ध रहेको देखाएको सन्दर्भमा नेपालले पनि यस उद्योगको विकास विस्तार गर्न सके आर्थिक विकासमा थप मद्दत पुग्ने  देखिन्छ । 

प्राकृतिक, साँस्कृतिक, भौगोलिक जैविक तथा अन्य विविध विविधताहरुले संसारका मानिसलाई आकर्षित गर्ने पर्याप्त सम्भावनाहरु रहेका छन् । जसका कारणले नेपालको पर्यटन क्षेत्र प्रचुर सम्भावनाले भरिपूर्ण छ । नेपालको पृथक भौगोलिक वनावट (उच्च हिमश्रृङ्खला) हिउँले ढाकिएका श्रृङ्खलाबद्ध हिमालहरु, विभिन्न किसिमका झरनाहरु पाखा,  पखेरा, हरिया जंगल झाडी, यहाँ रहेका नागवेली नदीहरु, खोच, कुनाकन्धराहरु संसारकै उच्च सस्थानमा रहेका हिमताल, यहाँका प्राकृतिक जडिबुटीहरु, यहाँका मानिसहरुमा भएको पाहुनाप्रतिको अतिथि सत्कारको भावना, साँस्कृतिक विविधता, जतजाती भेषभुषा, कला संस्कृति आदि कुराहरुले, पर्यटन व्यवसायमा विकासका विभिन्न सम्भावनाहरु बढाएका छन् । 

नेपालमा १३५ जातजातीहरु बसोबास गर्छन् भने १२३ भाषाको प्रयोग हुन्छ । जसको आ–आफ्नै चाल चलन, रीतिरिवाज, भेषभुषा, संस्कार र चाडबाडहरु मनाउनेहर रहेका छन् । त्यसैले भनिन्छ, वर्षमा हुने दिनहरु भन्दा नेपालीहरुले मनाउने विभिन्न चाडबाडहरु धेरै छन् । अन्य संस्कारजन्य क्रियाकलापहरु धेरै छन् । संसारमा पाईने २ लाख ४८ हजार ४२८वनस्पति मध्य ७ हजार वनस्पति नेपालमै पाईन्छन् । संसारमा पाईने ४ हजार स्तनधारी जीवजन्तु मध्य १७५ स्तनधारी नेपालमै पाईन्छन् । 

नेपालमा रहेका विभिन्न राष्ट्रिय निकुञ्ज मध्य चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचिमा सूचिकृत छन् । यस्तै विभिन्न धार्मिक स्थल एवम् साँस्कृतिक सम्पदाहरु मध्य पशुपति नाथको मन्दिर,  चाँगुनारायणको मन्दिर, लुम्बिनी, स्वयम्भु, बौद्ध, काठमाण्डौं, भक्तपुर र ललितपुर दरबार स्क्यायर विश्व सम्पदा सूचिमा पर्दछन् । संसारभरमा रहेको चौधवटा आठ हजार मिटरभन्दा अल्गो हिमालहरु नेपालमै छन् । नेपालमा भएका यी अथाह प्राकृतिक श्रोत साधन, साँस्कृतिक सम्पदाहरु, फरक भौगोलिक वनावट, रीतिरिवाज, चालचलन, साँस्कृतिक कलाशैली आदिले गर्दा नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य स्थल बन्न पुगेको छ । 

नेपाल जस्तो भूपरीवेष्ठित विकासउन्मुख देशका लागि पर्यटन विकासको आवश्यकता छ । पर्यटन क्षेत्रको राम्रो विकास हुन सकेमा नेपालको आर्थिक बृद्धिमा सहयोग पुग्न गई नेपालीहरुको जीवनस्तर उकासिन्छ ।  नेपाल र नेपालीले विश्वभर प्रसिद्धि पाउँछन् । अहिले झण्डै साठी लाख भन्दा नेपालीहरुले रोजगारीको सिलसिलामा खाडी तथा अन्य मुलुकहरुमा विदेशिनु परेका छन् । पर्यटन क्षेत्रको दु्रत गतिमा विकास हुन सकेमा यसरी लाखौं नेपालीहरु विदेशिनु् पर्ने स्थिती आउँदैन । उनीहरुले आफ्नै देशको विकासमा योगदान पु¥याउन सक्छन् । 

पर्यटन उद्योगलाई विकास गर्न र पर्यटकहरुलाई आकर्षित गर्न प्राकृतिक स्थानहरु राम्रो भएर मात्र हुदैन । त्यसका लागि पर्यटन पूर्वाधारको विकास हुन   सकिरहेको छैन । पर्यटन पूर्वाधारहरु होटल, रिसोर्ट, मनोरञ्जनपूर्ण खेल, हवाईमार्ग, पैदलमार्ग, विभिन्न पार्कहरु जस्ता क्षेत्रको पर्याप्त विकास हुनु      पर्दछ । पर्यटकीय पूर्वाधारको विकास नभएका पर्यटकहरुको बसाईलाई लम्ब्याउन र उनीहरुलाई पुनः आकर्षित गर्न कठिन हुन्छ । 

नेपाली अर्थ व्यवस्थामा पर्यटन क्षेत्रले महत्वपूर्ण स्थान ओगट्छ । नेपालमा विभिन्न मुलुकबाट बर्सेनी करिब ५ लाख पर्यटक आउँछन् भने १६,८२५ लाख बैदेशिक मुद्रा नेपालले यसबाट आर्जन गरेको    कुरा एक तथ्याङ्कले देखाएको छ । नेपालको पर्यटन क्षेत्रले मात्र अर्थतन्त्रको कुरा रोजगारी मध्य २० प्रतिशत प्रदान गरेको छ भने कुल ग्राहस्थ उत्पादन उत्पादनमा ३ प्रतिशत योगदान गरेको   छ । पर्यटन उत्पादन गतिविधि संग सम्बन्धित उद्योग हो । यसले देश भ्रमण गर्न आएका पर्यटकहरुलाई बस्तु तथा सेवा उत्पादन गरी बिक्री गरेर अर्थाेपार्जनमा सहयोग गर्छ । 

नेपाली अर्थतन्त्रलाई विकास गराउने मुख्य तीन आधारहरु कमशः कृषि, पर्यटन र जलश्रोत मध्येको एउटा महत्वपूर्ण आधार पर्यटन हो । नेपाली अर्थतन्त्रमा पछिल्लो समयमा भईरहेका दक्ष तथा अदक्ष मानब संसाधनको बहिर्गमनको दरले कृषि र जलश्रोतको विकासबाट भन्दा पर्यटन क्षेत्रको विस्तार र विकासबाट नै नेपाली अर्थतन्त्रको विकासलाई सुनिश्चित गर्न सकिन्छ । नेपालमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न तथा विश्वमा चिनाउनका लागि विविध प्रकारका प्रयास नभएको होइन, नेपालको संविधान, बहुवर्षिय योजनाहरु, पर्यटन नीति, वार्षिक बजेट र टुरिजम भिजन २०२० ले समेत आन्तरिक पर्यटन र ग्रामिन पर्यटनको विकासम जोड दिएको छ । यद्यपी पर्यटन पूर्वाधारहरु, होटल, रिसोर्ट, मनोरञ्जनपूर्ण खेल, पदयात्रा जस्ता क्षेत्रको विकास पर्याप्त मात्रमा हुन नसक्नु, पर्यटन क्षेत्रको विकास र विस्तार गुरु योजना नहनु, धार्मिक एवम् पर्यटकीय स्थलहरुको पर्याप्त मात्रामा बजारीकरण नहुदा पर्यटनले अपेक्षित गति लिन नसकेको हो । पर्यटन क्षेत्रका लगानीकर्ताहरु, सम्बद्ध संघ संस्थाहरु, पर्यटन विकास भन्दा प्रवर्धनात्मक कार्यमा संलग्न हुदा यस क्षेत्रको तिब्र गतिमा विकास हुन सकेन । पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न निकायहरु सडक, विद्युत, सञ्चार खानेपानीसंग समन्वयात्मक रुपमा क्रियाकलाप सञ्चालन हुन सकेन र नेपालमा आर्थिक विकास र पूर्वाधार विकासको अवस्था सन्तोषजनक छैन । 

पर्यटन वर्ष घोषणासंगै त्यसको सफलताका लागि पर्यटकीय पूर्वाधारको विकास, धार्मिक, साँस्कृतिक एवम् परम्परागत झाँकी र कार्यक्रमहरुको माध्यमद्धारा स्वागत गर्ने र मनोरञ्जन दिने, उनीहरुप्रति भातृत्वपूर्ण व्यवहार गर्ने र नयाँ पर्यटकीय गन्तव्यस्थलको खोजी गरी त्यसको विकास र विविधिकरण गरिनुपर्छ । पर्यटकीय पूर्वाधारको विकास गर्न सके यस क्षेत्रमा लगानी बढाउन सकिन्छ । पर्यटन उद्योगलाई ग्रामिण तहसम्म विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्छ । नयाँ पर्यटकिय गन्तव्य स्थलहरुको एकीकृत र समन्वयात्मक रुपमा  पूर्वाधारको विकास गर्नुपर्छ । ग्रामिण क्षेत्रमा   रोजगारी सिर्जना गरी गरिबी न्युनिकरण गर्न सकिन्छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धनमार्फत सख्यात्मक तथा गुणात्मक रुपमा पर्यटकको आगमनमा बृद्धि गरी प्राप्त आयलाई समन्यायिक वितरण गर्नुपर्छ । 

पर्यटकीय सेवा तथा सुविधाको विकास, विस्तार एवम् विविधिकरण गरिनुपर्छ । पर्यटकहरुलाई उपलब्ध गराईने सेवा सुविधको गुणस्तरको सुनिश्चिता गर्दाै दीगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गरिनुपर्छ । पर्यटन उद्योगको विकास संगै पर्यटन वर्ष      २०२० लाई सफल पार्न सके नेपालको आर्थिक क्रियाकलाप बढ्न गई   विकासको गतिविधिमा समेत बढोत्तरी हुन जान्छ ।