nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्वस्थ मुटु, स्वस्थ जिवन, हाम्रो अभियानः–कार्की

29663587_2033126200241209-1522402984.jpg

हरिकृष्ण काकी हृदय रोग निवारण प्रतिष्ठान थाहानगर उपशाखा तदर्थ समितिका अध्यक्ष हुन । थाहा नगरपालिकामा चैत्र ११ गते भएको सदस्यहरुको भेलाले उनलाई अध्यक्षमा चयन  गरेको हो । प्रतिस्थान उपशाखाको अध्यक्षमा निर्वाचित भएपछि कार्कीले थाहा नगरमा मुटु रोग न्युनिकरण गर्न र स्वस्थ मुटुका लागि अभियान नै चलाउने बताएका छन । यस बिषयमा बिकासखबर संबाददाताले कार्की संग गरेको कुराकानीः–
१) नेपाल हृदय रोग निवारण प्रतिष्ठानलाई कसरी चिनाउनु हुन्छ ? 
नेपालमा स्वस्थ मुटु स्वस्थ जिवन हाम्रो अभियान भन्ने नाराका साथ देशभर मुटु रोगीहरुको न्युनिकरण र मुटु रोग लाग्न नै नदिने अभियानको क्रममा देशभर संजालमा रहेको सामाजिक सञ्जाल हो ।
२) अहिले थाहा नगरमा गठन भएको समिति कति सदस्यिय हो ? शाखा हुनको लागि कतिजना आजिवन सदस्य हुनु पर्छ ?
अहिले ९ जनाको तदर्थ समिति हो,  तदर्थ समिति हुनका लागि कम्तिमा २५ जना आजिवन सदस्य हुनु पर्नेमा ३३ जना आजिबन सदस्यहरु बनाएर समिति गठन गरेको हो । शाखा स्थापना हुनका लागि कम्तिमा १ सय जना आजिवन सदस्य आवस्यक पर्दछ ।
३) कस्ता ब्यक्तिले सदस्यता लिन पाउछन ? के के चाहिन्छ सदस्यता लिन ?
इच्छा हुनुपर्छ, जुन सुकै नागरिकले सदस्यता लिन पाउछ । १५ सय रुपैया आजिवन सदस्यता शुल्क लाग्छ । २ वटा पासपोर्ट र १ वटा अटो साइजको फोटो र नागरिकताको फोटोकपी बुझाए पछि सदस्यता लिन सक्दछ ।
४) हृदय रोग निवारण प्रतिष्ठानले के के काम गर्न सक्छ ?    
यसको क्षेत्र धेरै फराकिलो छ, यसले मुटुरोगीहरुको सेवा गर्ने, मुटु रोग कसरी लाग्छ भन्ने बारे जानकारी गराउने, हृदय घातका कारणहरुको बारे जनचेतना दिने, के के खान हुन्छ के के खान हुन्न सुगर प्रेसरका बिरामीले कस्ता अनुशासनहरु अपनाउन सकिन्छ भनेर बुझाउने काम, हृदय रोगीहरुको उपचारमा सहयोग पुर्याउन सक्ने, हृदय रोगीहरुको उपचारमा छुटका लागि सिफारिस गरी सहयोग गर्न सक्ने, स्थानिय नागरिकको जिवन रक्षाको लागि बिरामीहरुलाई उपचारको लागि हृदय रोग निवारण प्रतिष्ठानको केन्दिय कार्यालय गंगालाल अस्पतालमा उपचारको लागि पहल गर्न सक्ने र  बेला बेलामा गंगालाल अस्पतालबाट मुटु रोग बिशेषज्ञहरु बोलाएर नियमित क्लिनिक सञ्चालन गर्ने लगायतका काम गर्न सक्छ ।
५) अहिले यो क्षेत्रमा हृदय रोगीहरुको संख्या कत्तिको देख्नु भएको छ ?
भर्खरै मात्र सम्पन्न स्वास्थ्य शिविरको कुरा गर्दा मानव अंग प्रत्यारोपन केन्द्रका मुटु सर्जन डाक्टर प्रेम राज बैद्यको समुहले स्वास्थ्य चेकजाँच गर्दा लगभग ३ सय जनाको हाराहारीमा मुटु रोगीहरु देखा परे भने त्यसमा पनि १० जनाको चाइ तत्कालै काठमाडौँमा इमरजेन्सी केसको रुपमा लानुपर्ने देखिएको पत्ता लगाएको छ । मुटु रोग मानिसको स्वास्थ्यको सुगर, प्रेसर, कोल्ड स्टोर र नसाहरुसंग जोडिएको कुरा हुनाले रोगी यति छ भनेर यकिन गर्ने कुरा भन्दा पनि भर्खरै स्वस्थ मानिस पनि उसको खानपान, आहार बिहारका कारण एकछिन पछि बिरामी हुन सक्ने भएकोले हरेक मान्छे स्वस्थ छु भनेर ढुक्क हुन नसक्ने भएकोले रोगीको संख्या दिनानुदिन बढ्दो छ, यती नै बिरामी छ भनेर भन्न चै सकिदैन ।
६) मुटु रोगको मुख्य कारणहरु के हुन सक्छ ?
हरेक मानिसमा मात्र एउटा मुटु छ, कुनै मानिस स्वस्थ छु भन्न सक्ने अवस्था छैन किनभने खानपान बिषादीपुर्ण छ, शुद्ध कुनैचिज छैन, मानिसको बिलाशिता पुर्ण जिवन, हिड्डुल नगर्ने, खानपानमा मिठो मात्र खाने, धेरै मसलादार खानेकुरा खाने, भुटेको खाने, शारीरिक परिश्रम नगर्ने लगायतले गर्दा मानिस सबै रोगी हुदैँछन ।
७) यो संस्था स्थापना गर्न किन आवश्यक ठान्नु भयो ?
मानिसहरुको आफ्नै जिवनयापनको कारण मुटु रोगीहरु बढ्दै गएका छन, त्यसको कारणले गर्दा हामी सचेत भएर यस क्षेत्रका मानिसहरु मुटु रोग मात्र नभइ अन्य रोगहरुका लागि पनि हामी जुटेर लाग्नुपर्छ र मुटुका लागि बिशेष लाग्नु पर्छ भन्ने अभियानका साथ हामीले यो संस्था खोल्नुपर्छ नियमित बिशेषज्ञहरुको परामर्श लिन सक्ने पहुँचमा पुर्याउनु पर्छ भनेर आमीले यो संस्था यहाँ स्थापना गर्न खोजेको हो ।
८) अबको दिनमा हृदय रोग निवारणका लागि कस्तो प्रक्रिया चाल्ने योजना बनाउनु भएको छ ?
पहिलो नम्बरमा त हामी बिधिवत रुपमा संस्था स्थापना गर्छौ, बिधिवत रुपमा स्थापना गरेपछि संस्थाले गर्न सक्ने क्राइट एरियाहरु अन्तर्गतका बिधानले प्रदान गरेका कुन कुन काम संस्थाले गर्न पाउछ भन्ने कामहरुको आधारमा सम्पुर्ण उपायहरु अबलम्बन गरेर नियमित क्लिनिक संचालन गर्ने, जनचेतना अभियान सञ्चालन गर्ने, भोली बिस्तारै नियमित मुटु रोगका लागि उपचार गर्ने अस्पताल निर्माण गर्न सक्ने, दाताहरुको खोजी गर्ने लगायतका कामहरु गर्दै यो क्षेत्रलाई एउटा स्वास्थ्यका लागि यहाँका सामान्य बिरामीहरुलाई पनि काठमाडौँ धाउनु पर्ने समस्याको अन्त्य गर्ने गरी हामी लाग्छौँ ।
९) जनमानसले स्वास्थ्यप्रति ख्याल नगर्ने प्रबित्ति बढ्दै गएको छ, यसको लागि कस्तो पहल हुनसक्छ ?
सबभन्दा पहिले यो जनचेतना हो, एउटा मोटरसाईकल किन्ने ३ महिनामा अनिवार्य सर्भिसिङ गर्ने तर हाम्रो अमुल्य जिवनलाई हामी कहिल्यै चेकजाच नगर्ने समस्या चाइ हामी कहाँ धेरै नै छ, त्यो गर्नका लागि  सम्पुर्ण पत्रकार, बुद्धिजिवि, कर्मचारी, शिक्षक लगायत सबै मानिसहरुलाई बिभिन्न खालका अवार्नेश प्रोग्रामहरु सञ्चालन गर्यौ भने हामीले त्यसलाई सहि ठाउमा पुर्याउन सक्छौ जस्तो लाग्छ ।
१०) प्रतिष्ठानको लागि स्थानिय निकायबाट कस्तो सहयोगको अपेक्षा गर्नृ भएको छ ?
केन्द्रको लागि सबैभन्दा पहिलो कुरा दाताहरु खोजीदिने, दाताहरु खोज्नका लागि सहयोग गरिदिने, क्लिनिकहरु संचालन गर्नका लागि क्लिनिक राख्ने स्थान जग्गा जमिनहरु उपलब्ध गराउने, स्थानिय निकायले पहुँच पुग्ने ठाउमा स्थानिय जनताको पहुँच पुर्याउनका लागि अग्रपंत्तिको भुमिका खेल्नेछ भन्ने अपेक्षा लिएका छौँ । हामी सहयोगी अंग हो, मुख्य नेतृत्व नै स्थानिय निकायले लिनु पर्छ भन्ने हाम्रो अपेक्षा छ ।
११) थाहा नगरपालिकाको बिकट स्थानका जनताहरुको स्वास्थ सेवाको लागि कसरी समेट्नु हुन्छ ?
नियमित सम्पर्क गरी शिविर ल्याउन सकियो भने हामी घुम्ती क्लिनिक चलाउछौँ, थाहा नगर भरिका चित्लाङ, बज्रबाराही, टिस्टुङ, दामन पालुङ, आग्रा गर्दै पटक पटक घुम्ती सिविर चलाउने भन्ने आम्रो योजना छ । त्यसो हुँदा
सबैलाई सेवा लिन सजिलो हुन्छ ।  

१२) यस बिषयमा अन्य भन्नै पर्ने केही छ ?
अब सबै मानिसलाइ चाडै नै आजिवन सदस्य बनुन, त्यसपछि छिट्टै नै यो सस्था स्वायत्त शाखाको रुपमा स्थापना गरौँ र यस क्षेत्रका सम्पुर्ण सचेत नागरिकहरुले यसलाई एउटा अभियानको रुपमा लैजानका लागि सहयोग गरुन भन्ने अपेक्षा र अनुरोध गर्दछु ।    
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।