nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सेवाको मुल्य कति ?

61882958_677879525971590_-1559811406.jpg

अंशु कार्की, मकवानपुर 

मानवता हराउदै गएको अवस्था अहिले पछिल्लो समय धेरै युवाहरु सामाजिक तथा मानवबिय कार्यमा आफ्नो धेरै कुरा छोडी दिन-रात कुनै सस्थामा आबद्ध भएर होस या कुनै बाल आश्रम ,वृद्ध-आश्रम तथा अन्य आश्रममा स्वसेवीको रूपमा कार्यरत छन। यो धेरै राम्रो पक्ष हो। युवाहरुमा यो किसिमको भावनाको जागृत हुनु धेरै राम्रो हो।

यो बाट के कुरा प्रस्ट हुन्छ भने अहिले सम्म मानवता मरेको छैन। कोही कसै दुःख र आपतमा छ भने त्यसको उद्धार र उपचारमा जुटने धेरै व्यक्ति र सस्थाहरुको जमात नै एककृत नै छ। यसबाट धेरैले नयाँ जीवन अनि परिवार नभएकाहरुले परिवार पाएका छ्न।

हिजो दिन सम्म सडकका पेटी,मन्दिर ,पाटी-पौवाहरुमा सुत्ने आमाबुबाहरुले न्यानो ओढने ओछाउने,तातो खाना र घामपानी हुरी बतास रोक्ने ओत पाएका छन। उनीहरूको जीवन केही हद सम्म भए पनि गुज्रिएको अबस्थाबाट सुध्रिएको छ। यो परिवर्तनलाइ
सकारात्मक रूपमा लिनु पर्छ ।

आज हामी श्रमको मुल्यबारे धेरै बहस अनि चर्चा गर्छौ। विभिन्न कारखानामा कार्यरत मजदुरले आफुले भने जति श्रमको मूल्य पाएन भने उसले धेरै नाराबाजी र बन्द हडताल नै गर्छ । आफ्नो एक समूह नै एक कठ्ठा गर्छ। हुन पनि होस हरेक कार्यको लागि श्रमको मूल्य हुनु पर्छ। उसले इज्जत र आत्मसम्मान पाउनु पर्छ ।त्यो कुनै कारखाना होस या अफिस,अनि घरमा काम गर्ने घरेलु कामदार,चोकमा बसी तरकारी,फलफूल ,लुगा बेच्ने,चटपटे नै किन नहोस हरेकले आफ्नो श्रमको आत्म सम्मान र मूल्य खोजेको नै हुन्छ । खोज्नु पनि पर्छ।

विभिन्न आश्रमहरुमा कार्यरत युवाहरुलाइ हेरौ।दिन होस या रात,दिन ,हप्ता,महिना र वर्ष सेवा।सेवा भनि लागि रहेको पाइन्छ । आफ्ना धेरै रहर अनि इच्छालाई तिलान्जली दिएर ती युवाहरु volunteer को रूपमा काम गर्नु राम्रो कुरा हो । उसले त्यहा बस्दा खान,बस्नको सुबिधा पाउछ। कोही अध्ययनरत छन भने भन सुन गरेर होस या इसकरलसिपमा पढन पाउने व्यवस्था त हुन्छ।

चर्को कार्यभारले गर्दा उसले आफ्नो पढाइमा सके जति समय दिन सक्दैन। चाडपर्वमा घर परिवार बस्न पाउदैन,साथीहरू सित बाहिर घुम्न पाउदैन । अनि आफ्नो धेरै कुराहरूलाई मार्नु पर्छ।आफ्नो भन्दा ठुलाको आदेशलाई शिरोपर गर्नु पर्छ। यदि नमानेको खण्डमा उ समुहमा एक्लो र सबैको बिरोधि नै साबित हुन्छ।

यहाँ धेरैको मनमा जिज्ञासा हुन सक्छ ।पूरा जीवन नै अरुको लागि समर्पण गर्ने भावना बोकेर आएको मान्छेहरुलाइ किन चाहियो व्यक्तिगत र परिवारिक जीवन भन्ने कुरा सुनाइन्छ,पाठ पढाइन्छ। हो जस्तो पनि लाग्दछ । हरेक ठाउमा पद,पावर र वादहरु नै जोडिएर आउने रहेछ्न। आफ्नो जीवन नै जोखिममा राखी सेवालाई आफ्नो जीवन बनाएको युवाहरुको बारे सरकार तथा स्थानीय निकायको ध्यान जानु पर्छ।

सबै युवाहरुले रहरले त्यो सेवा आफ्नो जीवन बनाएका छैनन। कतिको वाध्यता र कर पनि हुन सक्छ । श्रम गर्ने आश्रममा युवाले सातै दिन गरेको सेवाको पनि मूल्य तोकिनु पर्छ। चाहे त्यो खाना पकाएर खुवाउने होस,चाहे त्यो आश्रममा बस्ने आमाबुबाको सरसफाइ मा जुट्ने होस ...या अफिसमा बसेर कागजपत्र मिलाउने  होस कि घर-घर गएर मागेर लेराउने होस। जे भए नि उस्ले आफ्नो  जीवनको अमुल्य समय त्यहा नेर लगाएको छ। यस्को मुल्यांकन र मूल्य तोकिनु पर्छ।

अर्को कुरा बाझिन आउँछ कि सेवा भनेको आत्मसन्तुष्टिको लागि गर्ने हो ।त्यस्तो कुरा गरियो भने volunteer मा अहंकार को भाब आयो भन्ने बुझिन्छ । निश्चित छैन कि त्यो volunteer ले तेहि सस्था वा आश्रममा आफ्नो सम्पूर्ण जीवन नै समर्पण गर्छ भनेर।

विभिन्न परिस्थिति र कारणहरुले उ त्यहा सदैव नहुन सक्छ ।त्यसैले उसले आफ्नो जीवनको जति स्वर्णिम दिन,महिना र वर्सहरु बिताएर  आफुले सकेको समय,श्रम र योगदान दिएको छ त्यसको उतिच मुल्यांकन र मूल्य हुनु पर्छ ।

यदि उसलाई गरिएको व्यवहारबाट अन्य volunteer मा पनि निरासा न आउला भन्न सकिँदैन। कोही पनि चिर स्थाइ भन्ने पक्कै छैनन ।कोहि अघि त कोही पछि मात्रै हो र ।

हामी देशको आर्थिक समृद्धि र उन्नतिको कुरा गरिरहेका छौ। पक्कै पनि धेरैको अर्थतन्त्र बलियो हुन त्यहा धेरै रोजगारीको बिकास हुनु पर्छ। त्यसैले प्रदेश सरकार तथापि स्थानीय सरकारले आफ्ना प्रदेश र जिल्ला मा रहेको आश्रममा कार्यरत volunteer हरुको विषयमा जानकारी  राख्नु आवस्यक छ्न त्यता तर्फ पनि ध्यान जानू पर्छ। र उनीहरूले गरेको कार्यको प्रती र सुनिश्चित भबिस्यको लागि सबैको ध्यान जानू पर्छ ।

दीर्घकाल सम्म युवाहरुलाइ सेवामा टिकाइ रहन चुनौतीपूर्ण नै छ । यदि युवाहरु नै सेवबाट बिमुख भएमा आश्रमको सेवा संचालनमा नै जोखिम आउन सक्छ। सेवा भनेको भावले हुन्छ।कसैको कर काप र बहकाबले हुदैन । यदि करकाप र बहाकाबमा कोही सेवामा आएको छ भने त्यो दीर्घकालीन त पटक्कै हुन्दैन। उनीहरूले सेवा गर्दै गएसी त्यहा आफ्नो सुन्दर भबिस्यको सुनिश्चितता र बलियो महशुस गर्न पाउनु पर्छ । सेवा संगै उसले अन्य सिपमुलक तालिम र जीवन उपयोगी सीपहरु लिन पाउने वयवस्था गरिनु पर्छ। एकनास एकै ठाउँ मा बस्दै जादा उसलाइ मनोटनस पनि हुन सक्छ। त्यसको लागि उसलाइ बाहिरको वातावरण र प्रकृति सित नजिक हुन दिनु पर्छ। 


उसभित्रको भावना र पिडाहरुलाइ सुनुवाइ गरिनु पर्छ। समय-समयमा स्वास्थ चेकजाँच पनि गरिनु पर्छ । कुनै ठुलो दुर्घटना नहोस भनी कि भोलि दिनमा नै त्यस्ता आश्रमको अश्राय लिन नपरोस । हुन त दिनहु जसो धेरै रोगी बिरामीको सम्पर्क हुने हुदा कति volunteer हरु विभिन्न समयमा सरुवा रोगहरुको सिकार भएको खबरहरु सुन्न्न मा आएको छ।त्यसैले सेव गर्ने भन्दैमा आफ्नो जीवन नै जोखिम म हाली सेवा गर्नु चाहिँ मुर्खता पुर्ण हुन सक्छ ।
त्यसैले सेवाको मुल्य कति भन्दा नि जीवनको मूल्य बढाउदै आफू पनि बाची अरुलाइ नि बचाउने कार्यमा सहभागी हौ ।त्यस भएमा धेरै आमाबाबुहरुले आफ्नो छोराछोरीहरुलाइ मानबिय सेवामा अग्रसर गराउने छन र यहि हो सेवाको मूल्य।