nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सबै जान्ने बाआमाका सन्तान हामी केही नजान्ने
मोती भुजेल

आमाले घरको करेसा माथी भिरालो कान्लामा दुइवटा कपासको बोट रोप्नु भएको थियो । त्यही कपास फुलेर पाकेपछि सेतो भुवा निकाल्नु हुन्थ्यो । कपास भित्र भएका काला बियाँ निकाल्नेकाम भने चारघाम सुकाएपछी पनि गर्नु हुन्थ्यो त कहिले त्यसै छोडेर पछी बाती काड्ने बेलामा निकाल्नु हुन्थ्यो । बर्ष भरी आफुलाइ चाहिने र छरछिमेक अनि आफन्तमा हुने बिबाह, ब्रतबन्ध, रुद्री, एकाहा, सप्तहा ,सत्यनारायणपुजा चौरासीपुजामा लाखबति बाल्दा चाहिने बाती पुर्याउनु हुन्थ्यो । त्यस्तो जान्ने आमाका सन्तान हामी कपासको बोट पनि चिन्दैनौ । बाती काट्न त परको कुरा । मलखाद वरिपरि छरेको मुला र सागले हरियोसब्जी खान पुगेर पनि पछी बर्खा यामको लागि सिन्की र गुन्द्रुकको माग पुरागरेको हुन्थ्यो घरको । कहिलेकाही छिमेकीलाई पनि हाम्रो घरको गुन्द्रुक चाख्न दिनुहुन्थ्यो आमाले । त्यही आमाका सन्तान हामीलाइ गुन्द्रुक चाख्न मन लागे रेष्टुरेण्ट जानुपर्छ । आँफै पकाएर खाने ढङ्ग पनि छैन । जुठेल्ना मुनिको सानो गर्होमा रोपेको खुर्सानीले एकबर्ष भरीलाई पिरो पुग्ने गरि सुकाएर राख्ने आमा नै हुन । उनैका सन्तान हामी सुकेको र हरियो खुर्सानी आफ्नै बारीको हैन तरकारी बजारबाट किन्छौ । खुर्सानीको बोट कत्रो हुन्छ उचाइमा भन्न सक्दैनौ । पिँडालु धेरै र अदुवा थोरै मात्रामा ठूलो ग्रहामा लागाउनु हुन्थ्यो ।

पिँडालु र अदुवा खन्ने काम मेरो र दिदीको हुन्थ्यो । हाम्रो घुमाउरो घर खरले छएको त्यो बेलाको सम्पन्न घर मानिन्थ्यो । सम्पन्न यसमानेमा कि लत्ताकपडा र नुन बाहेक अन्य दैनिक उपभोग्य समानहरु नबेसाउने घर । बाआमा आत्मा निर्भर थिए अहिले हामी पर निर्भर छांै र दुख पाउँदै छौं । आमा र दिदी भित्र सिकुवामा भएको खाटमा सुत्नुहुन्थ्यो । म र बा  बहिर पिढिमा अर्को खाटमा सुथ्यो । म धेरै बर्ष बासङ्गै सुते । बर्षमा एक चोटि घरको धुरीमारेपछि त्यो बर्षको लागि राम्रो  ओत लाग्ने थियोे ।  १२ बर्षमा दुई पटक घर छाएको मलाई थाहा छ । घर छाउने पहिलो पटक त म स्कुल गएकै थिइन । दोस्रो पटक स्कुल त थियो तर पनि गइन् । घर बलियो भए स्कुल त पछि पनि जाम्ला भनेर गएको थिइन । दिनभरी चोया भिजाउने,चोया पुग्न दिने,भाटा पुग्नदिने काम गरेको थिए मैले पनि । म भन्दा दिदी अलि ठुली भएकोले दिदीले खरको मुट्ठा पुग्नदिइरहेकी थिइन । तर बालेजस्तो घर बनाउन दिदी र मैले जानेनौ भएकै घुमाउरो घर पनि आधुनीकताको नाममा भत्काइयो । बाले बनाएको घर छाउन पनि जानेनौ बनाउन त चारकोस परको कुरा । खरले छाएका घरहरु जाडोमा न्यानो हुने र गर्मीमा शितल हुने वैज्ञानिक तरिकाका थिए । अहिलेका घर जस्तापाताले छाएका गर्मीमा तातो हुने र जाडोमा पनि चिसो हुने अवैज्ञानिक टन् । त्यो दिन अरुपनि धेरै थिए घर छाउने । सबै बाले पर्म लगाएकाहरु नै थिए, ज्याला दिनुनपर्ने । बेलैमा घर छाएर सकियो ।

थाकेको ज्यान भए पनि बाको अनुहारमा खुशी छायो । घुमाउरो घरमा एकातिर बाख्राको खोर,अर्को तिर ढिकी थियो । जाँतो भने बा र म सुत्ने खाटको पुछारमा थियो । कोदो,मकै पिस्ने काममा दिदीले आमालाइ सघाउथिन, म मकै छोडाउने गर्थें । बा दिनभरीको खेतबारीको कामले होला बेलुका छिटै सुत्नुहुन्थ्यो । तर बिहान भैंसीको स्याहार गर्ने, घाँसपात गर्ने र दूध दुहुने काम बाको नै हुन्थ्यो । दहि मोथेर घिउ निकालेको मैले खुब हेरिरहन्थे । अलिकति नौनीको ड्ल्लो मैले पाउथे । नौनी खान जानेपनि दहि मोथ्न जानिन । दूध दिदीले भन्दा बढी मैले नै खान्थे तैपनि भैंसी दुहुन जानिन । बाख्रा चराउने काम चाहिँ मेरो थियो । म बाख्रा चराउने दिदी घाँस काट्ने आँफु सक्के काम त गथ्र्यौं हामी पनि । बाख्राका बगालमा अरुका पनि बाख्रा र बोकाहरु थिए । सधै बाख्रा चराउनजाने म । तर मैले कहिल्यै सिगारी माउले बोको खोजेको थाहै पाइन । एक दिन बाले बाख्रा चराउन जानुभएको थियो, त्यही दिन सिगारी माउ बियाउनी भएछी । म त्यत्रो दिन बाख्रा चराउन हिडे मैले जानिन् बाले कसरी जाने सिगारी माउले बोको खोजेछ भनेर । के सबै जान्द्छ्न हाम्रा बाले, मन मनै कुरा खेलाए । बेलुका खानाखाने बेलामा बाले आमा सङ्ग कुरा गरेको सुनेको थिए । बा भन्दै हुनुहुन्थ्यो “आज म नगएको भए बर्बाद हुने ।“ “के हुन्थ्यो र ।” आमाले सोध्नुभएको थियो । “सिगारी माउले बोको खोजिछ । म नगएको भए घरकै पाठो लाग्थ्यो अनि उहीँ एउटा पाउथ्यो । तर एस्पाला बाटाघरे नानी दाइको बोको लाग्यो चारवोटा पाउछ हेरीराख् । परार पनि पाएको थियो सिगारीले चारवोटा ।” हैन, बालाई कस्ले सिकायो बाख्राको आफ्नै सन्तानबाट गर्भरहेमा जन्मेका पाठापाठी राम्रा हुन्न्न भनेर । पशुचिकित्सकले पढेर जान्नेकुरा,बाले परेर जानेका होलान नि । केहि महिना पछि एक दिन आमाले भन्नु भएको थियो,आज बाख्रा धेरै टाढा चराउन नलैजा है कान्छा । सिगारी माउलाई बेथा लाएकोछ । आमाले त्यो दिन बिहानै भन्नू भएको थियो । मैले पनि आमाको कुरा माने ।

तर यत्रा दिन त्यही सिगारी माउलाई हेरि रहने मैले किन जानिन उस्लाइ ब्यथा लाएको । घरनजिकै अरु बाख्रा चराउन लगेपनि सिगारी माउलाई घरै छोडको थिए । आमाले हेर्नूहुन्थ्यो घरी घरी । म पनि आउथे घरी घरी माउ हेर्न । आमाको हेराइ माउको रेखदेखमा थियो भने मेरो हेराइ केबल पाठापाठी कति पाउछ भन्ने मात्रै थियो । तिन पटक हेर्न आउँदा बल्ल एउटा पाउन लाएको रहेछ माउले । त्यही एउटा पाउन पनि माउलाई कति गार्हो भएको थियो । चारवोटा खुट्टा फालेर डङरङ्ग पल्टेको थियो माउ । मैले हेरिरहेको थिए  । एक मन त माउलाई गार्हो भयो भनेर पाठाको खुट्टा देखिने बितिकै थुतिदिम कि झै लाएको हो । तर भरे यस्तो गरेको थाहा पाए भने बाले किन जान्ने भएको भनेर गाली गर्नुहुन्छ भनेर हेरिरहे । माउ हेरिरहेको आमाले देख्नु भएछ । “ल हेर्त यो त यहाँ हेरेर बसेछ । हेर्न हुन्न माउलाई गर्हो हुन्छ, यता आइज ।” भनेर गाली गर्नु भएको थियो । एउटा पाठो पाए पछी अरु तिन ओटा पाउन माउलाई कति गर्हो भयो होला । आमाले सिगारी माउलाई भनेर  चामल भिजाएर राख्नु भएको थियो । माउ सुत्केरी भएपछी आमाले के, के बनाएर खान दिनु भयो । एक छिन पछि  पाठापाठीलाई दूध चुसाउन थाली सकेकिथिइ माउले । किन सुत्केरी आमाहरु यति छिट्टै आफ्नो प्रसब  पिडा बिर्सन्छ्न होला । सन्तानको मायाले गर्दा त होला नि । माउले चारवोटा नै पाई । बा कति जान्ने  पहिलानै भनी दिने सिगारीले चारवोटा नै पाउछे भनेर । बेलुका बाले  आफुले भने जस्तै भएको भनेर खुशी व्यक्त गरिरहेका थिए । माउले दुई पाठा र दुई पाठी पाएको थियो । एउटा पाठो मेरो पेवा र एउटा पाठी दिदीको नाममा पेवा दिनु भयो बाले । मेरो काम बाख्राको खोर भित्र पसेर बोको बाद्नु पनि थियो ।

राती खोरमा भएका पाठापाठीलाई सुत्नै नदिने मार्ने गथ्र्यो, खोरमा भित्र बाँधेपछी बल्ल ठिक परेको थियो बोको । कसरी हुन्छ मेरो पाठोलाई माउको दूध धेरै चुसाउने धुनमा म हुन्थे । कहिले काहीँ दिदीले देखी भने “हेर त आफ्नो पाठालाइ मात्रै माउको दूध चुसाको ।” भन्थीन् । मैले माउको पाछाडिको दुइटा खुट्टा समातेर मेरो पाठोलाई मात्रै दूध चुसाउने प्रयत्न गर्थे । अरु तीन वोटालाई खाङ्रे डोकाले थुनी दिन्थे । त्यति बेला सिगारीमाउ खुब चल्थी । दाम्लोले घाँटीमा बाधीदिन्थे पछाडीका खुट्टा समात्थें । अति गरेर होलानी एकचोटि सिगारी माउले मलाई लात्ती हानेर धन्नै आँखा फुटाइ दिएको त्यस दिन देखि मैले त्यसरी दूध चुसाउन पनि छाडिदिएको हो । “माउ, आमा हो तैले भनेर हुन्छ र उसले सबैलाई बराबर दूध चुसाउछे । उसको लागि कुन तेरो कुन दिदीको भन्ने जान्दिन बरु राम्रो राम्रो डाले घाँस अनि कुडो दिने गर अनि माउको दूध पनि धेरै आउँछ अनि सबै लाई पुग्छ । घाँस र कुडो राम्रो दिनु छैन खाली माउको खुट्टा समतेर आफ्नो पाठोलाई मात्रै दूध चुसाउछु भनेर मान्छ माउ, धन्न आँखा बचेछ ।” आमाले यति भने पछि त झन डराए म । अनि तेस्तो गर्न पनि छाडे । पछि सबै पाठापाठी राम्रै भएका थिए ।

फागुन आखिर चैत लाग्दै हो मकै छर्ने । बाले बारी जोत्ने र बाको पछि पछि डल्ला फुटाउने काम दिदीले गर्थी । आमाले मकैको बीउ छर्ने गर्नु हुन्थ्यो । पाकेको तोरी बाख्राले खाला भनेर हेर्ने काम त मेरो नै हुन्थ्यो । बा आमाको पसिना यति आउथ्यो तेति त मैले पानी पनि पिउथिन होला । म दौडेर घर जान्थे । पहिला बाक्लो मोहि आफू पिउथें । अनि पछि पानी थपेर बाआमा र दिदी लाई लगीदिन्थे । बा बाझो नबिराइ जोत्नु हुन्थ्यो । आमा सियो नबिराइ प्रतेक एक एक कदममा मकैका गेडा खसाल्नु हुन्थ्यो । लाग्थ्यो आमाको हात, हात हैन मेसिन हो । कसरी सकेको होला त  मेसिनले जस्तै एउटै ग्यापमा मकैका गेडा खसाल्न । एक फेर मैले जिद्दी गरे आमासँग । म मकै छर्छु । “सक्दैनस् जान्नी नभ ।” भन्दा भन्दै पनि मैले आमा सङ्ग मकैको बिउ भएको झोला मागे र भिरे । आमाले जस्तै एक हात झोला भित्र र अर्को हातमा अट्ने जति मकै लिए । बा अगाडी गोरु धपाउदै जोत्दै हिड्नु भयो । बालाइ पनि भेटाउनुपर्ने मकै पनि नबिराइ सियोमा खसाल्नुपर्ने । बा बारिको पल्लो टुडामा पुगि सक्नु भयो म मकै खसाल्नै भ्याइन, बिच सम्म पुगेको थिए आमा झोला खोस्न आइ पुग्नु भयो । “खैले जान्दैनस तैले ।” भनेर आफैले पूरा गर्नु भयो । दिदीले मलाइ खुचिङ गर्दै ड्ल्ला फुटाउने डेल्लेठोले मेरो टाउको फुटाइदिने नक्कल गरिन । जे पनि जन्दैनस बिगार्छ्स भनेर त हो नि केही नजानेको । सुरुमा त बिगरिन्छ नि जस्को पनि, तिम्ले त गर्भमै जानेर आकी होउ र बुढी माउ । मैले आमालाइ गाली गरे । मुख लाए । किन कि म पनि सिक्न चाहन्थे । मकै छरेर सकियो केही दिनमा तोरी उखेल्ने पाकेको छ भनेर बा भन्दै हुनुहुन्थ्यो । उता धानको बीउ राख्ने दिन पनि आउदै थियो ।

दस हल लाग्ने खेत । दुइ हल जति टारी पथ्र्याे । अरु बाकी सिम , ढाभ र कुलो लाग्ने मुहान खेतहरु थिए । पानी अटुट लाग्ने तर बग्ने खालको पानी लाग्ने ढाभ नभेकोमा रोप्ने अनदी । झिनुवा , गुर्दी , मन्छरा र अर्को राधाको सात जातका पाँच थरी धानको बीउ एउटै ठुलो गर्हामा आमाले छुट्टाछुट्टै ड्याङ बनाएर छर्नु हुन्थ्यो । दस हलगोरुले रोप्ने खेतमा यति थरीका धान बीउको समायोजन गर्न सक्ने मेरी आमा कोहि कृषि जेटिए भन्दा कम ठानिन् । कस्तो सहि क्याल्कुलेसन थियो । असारमा रोप्ने बेलामा बीउ नपुगेको कुनै साल थिएन । उनैका सन्तान हामी चार जनाको परिवारलाइ अडकल गरेर खाना पकाउन नजान्दा विहान वेलुका खेर गइरहेको हुन्छ । तर हाम्रा बाआमाले कसरी जाने तीन महिना पछि गर्ने कृषि कर्मको सहि आँकलन । बर्खा लाग्दै थियो आकाश गर्जने र चड्कने गरिरहेको थियो ।

केही दिन अघि पानी लामो समय सम्म परेको थियो । बाझो राम्रो सङ्ग भिज्ने भयो जोत्न सजिलो हुने भयो भन्दै हुनुहुन्थ्यो बा । तर त्यो दिन अचम्मै भयो । आमा र दिदी बनमा गएका थिए घाँस दाउरा गर्न । फर्कने बेला त भएको हो तर पनि घर आइपुगेका थिएनन । आकाश निलो र कालो हुदै थियो । हावा हुरि पनि चल्न खोज्दै थियो । मिल्लीक,चट्याङ्ग डुडुम्म्म्म्म आकाश गर्ज्एको थियोे । कालो न कालो चारै तिर छायो । बा बाख्रा खोर भित्र हुल्दै हुनुहुन्थ्यो । म कुखुरा थुन्दै थिए साना चल्ला छुटे । आगन मुनि ट्याउ ट्याउ गर्दै रहेछ्न तिनलाइ पनि समातेर थुने । माउ पोथी पहिले नै आइसकेकोले अरु चल्ला माउ सङै थिए । पानी दर्की सकेको थियो अझै आमा र दिदी आइ पुगेनन । बा गनगन गर्दै हुनुहुन्थ्यो । “आकाश त तिन्ले पनि देखे होलान नि बर्खामास आकाश कालो हुन थालेपछी आफ्नो घर तिर लाग्नु पर्छ नि । भारी नै नपुगे पनि जति छ त्यति लिएर आउनै नजान्ने तेरी आमा । बनै बोकेर आउछे ।” ठूलो पानी परिरहेको थियो । म चिउढोमा हात राखेर  पिढिमा बसिरहेको थिए । मेरो मन भारी भएको थियो,आमा र दिदी लाई पानीले रुझायो होला भनेर । अब रुझेपछि रुघा लाग्छ, ज्वरो आउँछ अनि पानी बोक्ने, बाख्रा हेर्ने काम मलाइ पर्छ भनेर भन्दा पनि  र आमा र दिदीको मायाले हो । अहो उ प¥यो । असिना आयो भन्न हुन्न भन्नुहुन्थ्यो बाले । “सखाप पार्यो बेर्ना,बीउ केही नराख्ने भयो यो साल । कति ठुला ठुला परेका बाबै हो ।” चिउडोमा हात राखेर बिलाप गरेको मैले बालाई पहिलो पटक देखेको थिए । सितिमित्ती बाहरु डराउदैन्न किन कि मुटु दर्हो भएका मात्रै बा हुन्छन । हेर्दा हेर्दै आखै आगाडी भर्खर फुलखेल्दै गरेकोे आरुको बोट , सुन्तलाको बोटको पात र बतिलाको  त के कुरा बोक्रा पनि ताछिने गरी असिना परेको थियो । प्रलय हुन आट्यो भन्दै बा घर भित्र पस्नु भयो । अगेनाबाट आगोसङैको अगुल्टो आगनमा फाल्नु भयो च्वास्स स्स्छुससस् अगुल्टो निभ्यो तेती बेला सम्म बा भित्र बाट तातो ओधान उत्तानो पर्ने गरी फेरि पनि आँगनमै फाल्दिनु भयो ।

एक एक गरेर बन्चरो, आँसी , फाली, बाउसो , कुटो,कोदालो,खन्ती फलामका औजारहरु आगनमा थुपारी दिनु भयो । मैले पनि मेरो सानो खुर्पा आगनमै फाली दिए । केहीछिन पछि अली  मत्थर भयो असिना । पानी त दर्केकै थियो पानी परेर त खासै केही बिगार गरेकै थिएन जति बिगार असिना आए र गरेको थियो । बालाई सोधे किन यो सबै आगनमा फालेको भनेर । “असिना आएर सबै नस्ट पारेपछि हामी खेती किसानी गर्नेलाई यी औजारहरुको के काम भनेर इन्द्रदेवतालाई बिरोध जनाएको हो ।” भन्नुहुन्थ्यो । अन्याय भयो भने त भगवान्लाई पनि बिरोध गर्न पाइने रहिछ । हामी त मानव होऔ अन्याय पनि नगरौ । अन्याय पनि नसहऔं । केहीबेरमा  दिदी अघि अघि आमा पछि पछि ,आमाआउनु भयो । मैले खुशी व्यक्त गरे । दाउरा र घाँसको भारी गोठमा राखेर दिदी र आमा पिढींमा बस्नुभयो । बा गनगन गर्दै हुनुहुन्थ्यो । “बेला हेरेर बेलैमा हिंड्न् जान्दैनन् ।” “यस्तो महामारी हुन्छ भनेको भएको टाढा जान्थ्यो र ।” आमाले पनि सहि भन्नुभएको थियो । दिदी तिमी रुझ्यौ । यता कत्रो कत्रो असिना आको थियो उता पनि आयो र ? दिदीले टाउको हल्लाउँदै अँ आएको थियो भनिन् । अनि ओत लागीनौ मैले फेरि सोधे । “ठाँटीमा ओत लागेम,नत्र ठटाएर मारी हाल्थ्यो नि असिनाले ।” ठाँटी जहाँ बटुवाहरु बाँस बस्न मिल्ने गरी बानाएइको एक किसिमको घर । कस्तो दुरदर्शिता सोच गाउका बाहरुको थियो तर हामी अहिले त्यो बनाउने कुरा सोच्न पनि सक्दैनौं र सुन्दा अचम्म मान्छौ त कसरी जान्दछौ । आमाले घाँसको भारीमाथी पटक पटक गरेर केही गुर्जोको लहरा, हाँगा समेतका सिनकौलीका पातहरु,पटुकामा अमला, हर्रो,बर्रौ,रिठ्ठो,असुरो,पाँचऔंलेको फुल र गानो सबै जसो जडीबुटी घरमै राख्नुहुन्थ्यो ।

जटामसी,निरमसी,जिम्मु,टिम्मुर भोटे लसुन भोटेहरु बाट कोदा सँग साटफेर गर्नुहुन्थ्यो । घरवरपर भएका गन्धेझार,घोडताप्रे,लज्जावतीझार,धतुरो र धोवीनी त जतिवेला आवश्यक पथ्र्यो उतीवेलै टिप्नु हुन्थ्यो । आमाहरु डाक्टर नभए पनि बैध हुन । कुन घाउ र कुन रोगलाइ कुन जडीवुटी चाहिन्छ आमाहरुलाइ राम्रो सँग थाहा हुन्थ्यो । बाको ढाड दुख्दा,बा कमजोर हुँदा,दिदीको मासीकश्राव गडबड हुँदा,कतै लडेर हात खुट्ठा मर्कींदा,सानोतिनो चोटपटक लाग्दा उपचार गर्ने आमा नै हुनुहुन्थ्यो । यस्ती आमाका सन्तान हामी रुघा लाग्दा ट्याबलेट खाज्छौं । आफ्नै वररिपरि भएका जडीवुटी चिन्दैनौ र दुख पाउँछौं ।