nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लकडाउन बालबालिकालाई व्यवहारिक हुन सिकाउने अवसर
-मुना बस्नेत

नमस्कार, मेरो नाम मुना बस्नेत हो। मेरो घर थाहा नगरपालिका वडा नम्बर १० विसिङ्खेलमा हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण देश पुरै लकडाउनमा छ । म अहिले यो समयमा आफ्नो परिवारसंग आफ्नै घरमा सुरक्षितसाथ बसिरहेको छु। म पेशाले शिक्षक हुँ। नेपाल सरकारको निर्णय बमोजिम सम्पुर्ण शैक्षिक क्रियाकलाप स्थगित भएसंगै गत चैत्रमा वार्षिक परीक्षा सके लगत्तै चैत्र ९ गतेदेखि म आफ्नै घरमा बसिरहेको छु। 

भनिन्छ हरेक मान्छे परिस्थितिको दास हो। स्कुले जीवनमा गुरुले भन्नुभएको यो वाक्य मेरो मनमा कालजयी बनेर बसेको छ। बास्तबमा हरेक मानिस परिस्थितिको दास नभई सुखै छैन। कोभिड–१९ का कारण अहिले विश्व नै आतंकित भएको छ। जसको कारण हाम्रो राष्ट्र जस्तो विकासोन्मुख राष्ट्र पनि यो बाट अछुतो रहन सकेन। यो संकटको घडीमा हामी आफै सचेत भएर बस्नुको विकल्प छैन। फलस्वरूप यो विषम परिस्थितिमा हामिले आफू पनि सुरक्षित रहेर अरुलाई पनि बचाउने काम गर्नु पर्छ । त्यसैले म यो समयमा परिवारसंगै घरमै क्वारेन्टाइनमा बसेको छु। लकडाउन हुने हल्ला सुनेपछि लगभग एक डेढ महिनालाई  पुग्ने गरि रासनको जोहो गरिसकेकोले खासै घरबाट बाहिर निस्किन परेको छैन। यदि बिशेष काम भएर निस्किन परिहालेमा सुरक्षाको उपाए अपनाएर मास्क, चस्मा, शरीर पुरै ढाक्ने कपडा लगाएर निस्कने गरेको छु। पुनः घर फर्किसके पछि साबुन पानीले मिची मिची हात धुन्छु र सेनेटाइजर लगाउने गरेको छु। मैले आफ्नो परिवारलाई र वरपरका छरछिमेकिलाई पनि साबुन पानीले हात धुने तरिका सिकाएको छु। म बिहान पाँच बजे उठेर आफ्नो दैनिकी कार्य सकेपछि बिहानको चिया संगै टिभी र अनलाईन तिर समाचार सुन्ने र पढ्ने गर्छु। लगभग एक घण्टाको समय टिभी र अनलाईन तिर बिताएपछि भान्सा तिर लाग्छु। यो फुर्सदको समय भएकोले युबट्युबमा विभिन्न प्रकारको खानाको रेसिपी हेरेर नयाँ नयाँ परिकारहरु बनाउने गर्छु। 

अरु बेला  शनिवार एक दिन मात्रै घर बस्न पाइन्थ्यो नयाँ कुरा सिक्ने समय कम हुन्थ्यो। अहिले फुर्सदको समय भएकोले धेरै नयाँ कुरा सिक्ने मौका मिलेको छ। दिनको समयमा म मेरो छोराहरुसंग मुभी हेर्ने, भिडियो गेम खेल्ने, क्यारमबोर्ड खेल्ने गर्छु। उनीहरुको इच्छा अनुरुपको क्रियाकलापमा म सहभागी भइदिन्छु यसले गर्दा उनीहरु पनि निक्कै खुशी हुने गर्छन् । बाँकीको समयमा विभिन्न उत्कृष्ट पुस्तकहरु पढ्ने गर्छु। अनलाईन मार्फत शिक्षण सिकाइ प्रक्रियाबाट आफुलाइ निखारिरहेको छु। ताकि स्थिति सामान्य पछिको समयमा मैले मेरो विद्यार्थी भाइबहिनीहरुलाइ अझै गुणस्तर शिक्षा प्रदान गर्न सक्ने छु। मैले मिदास याप डाउन्लोड गरेर बाबुहरुलाई घरमै अध्यापन गराइरहेको छु। अध्ययन सगसंगै विभिन्न सृजानात्मक अभ्यास र ब्यबहारिक ज्ञान पनि दिइरहेको छु। 

अहिलेको यो विषम परिस्थितिले शैक्षिक क्षेत्रलाई प्रत्यक्ष रुपमा असर पारिरहेको छ। म एउटा शिक्षक भएको नाताले अफ्फ्नो वरपर छर छिमेकमा रहेको स्कुल जाने बालबालिकाहरुलाई यो समयमा भित्रै बसेर केही नयाँ सृजनात्मक अभ्यास गर्न र ब्यबहारिक ज्ञान सिक्न प्रेरित गरेको छु। मसंग प्रत्यक्ष रुपमा सम्पर्कमा आउनुहुने अभिभावक ज्युहरुलाई पनि आफ्नो छोराछोरीलाई ब्यबहारिक ज्ञान (भान्साको सामान्य काम, घर वरपरको सरसफाइ, आफ्नो सरसफाइ, आफू सुत्ने कोठाको सरसफाइ, आफू भन्दा साना र ठुलो लाई गरिने व्यबहार माया, आदर सत्कार, मानसम्मान आदि) दिनुहुन सुझाव दिने गरेको छु। सैद्धान्तिक ज्ञान मात्रै अपरिहार्य  हैन, हामीले हाम्रो बालबालिकालाई ब्यबहारिक ज्ञान दिनु पनि उतिकै जरुरी छ। त्यसको लागि अहिलेको यो समय अतिनै उपयुक्त छ ।